तरहरा/ इटहरीका १६ वर्षिय वालिका बलत्कार घट्ना मिलापत्र गराउँन अठार लाख रुपैया जम्मा भएको पाईएको छ । मितेरी डेब्लपमेन्ट बैक र एनएमबी बैकमा गत पुस २४ गते नै रकम जम्मा भएको देखिएको हो । बालिकाकी आमाको नाममा रहेको खातामा रकम जम्मा भएको छ । पिडित बालिकाको नाममा इटहरी १९ बरमपुरमा ७ लाख बराबरको जग्गा समेत किनिसकेको परिवारीक स्रोत्रले जनाएको छ ।
गत पुस पुस १८ गते प्रहरी कार्यलयमा बलत्कार घट्ना मिलापत्र भए पनि आर्थिक लेनदन भने बाहिरै भएको प्रहरी स्रोत्रले दावी गरेको छ । बैकका जम्मा भएको रकममा वालिकाको आमा आफैले जम्मा गरेको पाईएको हो ।बलत्कार घट्नामा विराटनगरका मनिष श्रेष्ठ र धरानका जोकम लिम्वुले घट्ना मिलाउँन २५ लाख रुपैया दिएको प्रहरी समक्ष बयान दिएका थिए । राजनितिक रिसिईवी साध्न बलत्कार जसरीनै आफ्नो नाम प्रचार गरेको इटहरी २० का बडाअध्यक्ष मणिराम श्रेष्ठले वताएका छन । त्यस्तै तरुण दलका सभापति शिजन गुरुङले पनि अनगरल प्रचार गरेर ब्यक्तिको वदनाम गरेको गुनासो गरेका छन ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले १८ लाख रुपैया रुपैया वालिकाका आमाले जम्मा गरीएको भेटियो । जग्गा पनि किनेको भनेको सुनेका छौ डिएसपी राउतले भने । बैकको खाता भने रोक्का गरीसकेको प्रहरीले जनाएको छ ।
२५ लाख रुपैया मिलाउँन पिडक श्रेष्ठले प्रहरी अनुसन्धानमा बयान दिएको जनाएको छ । हामी अहिले पनि अनुसन्धानमा लागीरहेको छौ डिएसपी राउतले भने । पिडक श्रेष्ठले दिएको बयान अनुसारको पैसा लगभग पिडितले पाईसकेको प्रहरीको भनाई छ ।
घटनालाई सामसुम बनाउन भुमिका खेलेको आरोपमा जिल्ला प्रहरी प्रमुख विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जिवि दाहाल निलम्बनमा परिसकेका छन् । घट्ना मिलाउँन सामाजिक अगुवाहरु समेत लागेको भन्दै प्रहरीले तिन जनालाई मुद्धा दायर गरेको जनाएका छ ।
गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १६ बर्षिया बालिकालाई जर्बजस्ती बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीले दुवैलाई पक्राउ गरि जर्बजस्ती करणीमा मुद्दा दर्ता गरि अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाइसकेको छ । कोशी अञ्चल एसएसपीको संयोजकतत्वमा छानविन भईरहेको छ ।