सप्तरी/ सप्तरीको राजविराजमा रहेको एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी भएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक रहेको यो क्याम्पसलाई हालै बनाइएको राजर्षी जनक विश्वविद्यालयको आंगिक बनाइएको बिरोधमा क्याम्पसमा तालाबन्दी गरिएको हो ।क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले संयुक्त रुपमा आइतबार तालाबन्दी गरेका हुन् ।
यो निर्णय नसच्चयाएसम्म क्याम्पसको ताला नखोलिने उनीहरुको अडान छ ।
यसअघि उनीहरुले माघ २८ र २९ गते, फागुन २,३ र ६ गते बिहान ६ बजे देखि ५ बजेसम्म हातमा कालोपट्टी लगाएर कामकाज गरेका थिए भने फागुन ८ गते ९ बजे देखि ११ बजे सम्म कलम बन्द, फाल्गुन ९ गते ९ बजे देखि १२ बजेसम्म कलम बन्द, फाल्गुन १० गते ९ बजे देखि १ बजे सम्म कलम बन्द, फागुन ११ गते बिहान ६ बजे देखि ५ बजेसम्म सम्पूर्ण कक्षा स्थगित गरेका थिए ।
यत्रो आन्दोलन गर्दा समेत कुनै चासो नलिएका कारण क्याम्पसमा तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक सिंहेश्वर प्रसाद यादवले बताए ।
सम्बन्धित सरोकारवालासँग कुनै छलफल नै नगरी एकतर्फी रुपमा यो क्याम्पसलाई राजर्षी जनकको आंगिक बनाउन खोजिएको भन्दै उनीहरुले त्रिभुवन विश्व विद्यालयका नेतृत्व वर्ग आप\mना आङ्गकि क्याम्पसहरु, यसका सम्पति, जनशक्ति र कार्यक्रममा कुनै पनि किसिमको बाहृय हस्तक्षेप र प्रतिकुल प्रभाव पार्न नदिन सजग, सचेत र क्रियाशील रहनुपर्नेमा जोड् दिएका छन् ।
अन्तर्राष्ट्रिय मान्यता तथा ख्याति प्राप्त विश्वविद्यालयको आङ्गकि क्याम्पसको रुपमा रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका कार्यरत प्राध्यापक, कर्मचारीहरु त्रि.वि.को सेवामा प्रवेश गरेको, त्रिविमा कार्यरत रहेकेा र त्रि.वि.को अन्तर्राष्ट्रिय मान्यता र ख्यातिको आधारमा त्रिविमा विद्यार्थीहरुले भर्ना पनि लिएको, तिनिहरुको सहमती वगैर राजर्षी जनक विश्वविद्यालयमा समायोजन गर्दा नेपालको संविधानद्वारा प्रदत व्यक्तिगत स्वतन्त्रताको हक माथि समेत ठूलो कुठाराघात हुने उनीहरुको जिकिर छ ।
हाल मविव क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारीहरुको सेवा, शर्त, सुविधा, निवृत्तिभरण लगायतका सुविधाहरु त्रि.वि. ऐन नियमले स्पस्ट सुरक्षाको प्रत्याभूति गरेको जनाउँदै राजषिर् जनक विश्वविद्यालय ऐनको दफा २० को उपदफा ७ संदिग्ध र अस्पस्ट गरी शिक्षक, कर्मचारीहरुको हक विपरित रहेको उनीहरुले बताएका छन् ।