तरहरा/ शहरी क्षेत्रमा जग्गामा भाउ अस्वभाविक रुपमा बढे जग्गा किनबेचमा भने गिरावट आएको छ । कृषि प्रदान देश नेपालमा जग्गा खण्डीकरण भएर टुक्रा टुक्रा भएको भन्दै मन्त्रिपरिषदको निर्णयले जग्गा खण्डीकरणमा रोक लगाए सँगै जग्गाको भाउ बढे पनि विक्रिमा भने गिराावट आएको छ । कित्ताकाटमा सरकारले रोक लगाए सँगै सर्वसाधरण सरकार प्रति आक्रोषित हुन थालेको छन् ।

[caption id="attachment_74533" align="aligncenter" width="1070"] फाइल तस्विर[/caption]

कृषियोग्य जमिन प्लटिङका नाममा चिराचिरा पारेर सकिन लागेको भन्दै जग्गाको प्लटिङ रोक्का गरे सँगै ब्यावसायीहरुले जग्गामा गरेको लगानी डुब्ने खतरा बढेको भन्दै ब्यावसायीहरुले चिन्ता ब्यक्त गरेका छन । तर सरकारले कित्ताकाट रोक्का राख्ने निर्णय भएपछिमात्रै मालपोत र नापी कर्मचारीको मिलोमतोमा जग्गा दलालले अघिल्लै मिति राखेर धेरै जग्गाको कित्ताकाट समेत गरेको ब्यावसायीहरुले वताएका छन् ।

सुन्दरदुलारीका जग्गा ब्यापारी योगेन्द्र पोखरेलले भने खण्डीकरण रोक्ने नाममा सर्वसधारणलाई दुःख दिने काम मात्र भएको वताए । सरकारले कृषि क्षेत्र र ब्यापारीक क्षेत्र तोकेर मात्र यसरी नियम लाउँनु पथ्र्थो । मैले मेरो जग्गा बेचेर घर बनाउँन,छोरो पढाउँन पाउँने कि नपाउँने ? सरकारले गरेको हचवाको भरमा गरेको निर्णय ब्यावहारीक छैन । राज्यलाई कर ,लाभकर तिरेर मैले मेरो जग्गा किन बेच्न नपाउँने यो राज्यले सोच्नु पदैन ? राज्यले बन्द गर्नु भन्दा कृषियोग्य,औद्योगिक र रेषिडेण्ड यरीया छुट्याउँनु पर्छ उनले भने ।

जग्गा कारोबार रोक्ने सरकारको निर्णय हचुवा भएको इटहरीका जग्गा ब्यापारी संजिव श्रेष्ठ वताउँछन । उनी भन्छन् सरकारले करोडौ राजश्व उठाउँने जग्गा कारोबारमा खेलाची गरेको छ । तत्कार निर्णय फुकुवा गर्नु पर्छ । सरकारले जग्गा कारोबारमा रोक लगाउँनु जग्गा ब्यापारीको मात्र नभई सर्वसाधरणको लागी पनि आघात भएको उनको तर्क छ । शहरी क्षेत्रमा जग्गा विक्रि नभए देशको अर्थतन्त्रमा समेत असर पर्ने भन्दै सरकारले तत्काल जग्गा कारोबारीलाई बाटो खुलाउँन पर्छ श्रेष्ठले भने ।

सुनसरी मालपोत अधिकृत सुर्यबहादुर थापाले जग्गा कारोबारीहरु कमै मात्र आउँने गरेको वताए । अहिले जग्गा कारोबार लगभग बन्द जस्तैछ अधिकृत थापाले भने । जग्गाकारोबार बन्द हुदा अहिले राजश्वमा कमि भएको वताए । अहिले जग्गा दृष्टिबन्धक कारोबार बन्द बढेको देखिन्छ । अशंमण्डा गर्ने परम्परा भने बढेको देखिन्छ उनले भने । म छोराछोरी पढाउँनु छ भन्दै जग्गा पास गरीदिनु भन्दै आउँछन हामीले जनतालाई वुझाउँनै समस्या छ उनले भने ।

नापी कार्यलय सुनसरीका नापी सर्वेक्षक विनय राजबंशीले कित्ताकाट बन्द भए सँगै जग्गाको कारोबार खस्कीएको वताए । उनले भने एउटा कित्ताकाटबाट एउटा मात्र हुन्छ कित्ताकाटबाट अंशबण्डा,दृष्टिबन्धक हुन्छ । अन्य जग्गाको कित्ताकाट भएको छैन उनले भने । तर अधिकांस जग्गा ब्यापारीहरुले भने कर्मचारीलाई सेटिङ गरेर कित्ताकाट भईरहेको वताउँदै आएका छन ।

जग्गा किनबेच गराइदिए बापत जग्गा मूल्यको दुईदेखि पाँच प्रतिशतसम्म कमिसन पाउने भएकोले घरघरै ‘जग्गा दलाल’ सक्रिय भएका छन् । सर्वसाधारण, व्यापारीदेखि सरकारी कर्मचारीसम्म यसमा संलग्न छन् । २०२४ सालमा सरकारले प्लटिङ गरी बिक्री वितरणको सुरुवात गरेको थियो, त्यसअघि प्लटिङको चलन थिएन् । माओवादी सशस्त्र विद्रोहका कारण गाउँबाट सहरमा बसाइँ सराइ बढेपछि प्लटिङ व्यवसाय विस्तार भएको थियो ।