धनकुटा / जीवनको उत्तरार्धलाई साहित्य र सामाजिक जीवनमा होमेको धनकुटाका टिकाप्रसाद लामीछानेले आफ्नो जीन्दगी भरको कमाईले वनाएको घर पुस्ताकलयलाई हस्तान्तरण गरेका छन् । वि.सं.२०६८ सालबाट धनकुटा नगरपालिका वडा नं.५ देवाटारमा रहेको आफ्नै घरमा पुस्तकालय स्थापनागरि सुरु गरेका ८० बर्षिय लामिछानेले आफ्नो दुई तले घर र जग्गासहित करिब २ करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । बाल, युवा र प्रौढविधागरी तीनभागमा छुट्याइएको सो पुस्तकालयमा विभिन्न धार्मिक ग्रन्थ, जानकारीमूलक तथा मनोरन्जन क्षेत्रका गरी ३० हजारभन्दा बढी पुस्तक संग्रहगरिएको छ । विश्वभाषा गर्घाचार्य पुस्ताकलय नामले स्थापना गरिएको सो पुस्ताकालयमा भारतीय दूतावास सहित विभिन्न संघ–संस्थाको सहयोगमा पुस्तक संग्रह गरिएको हो । तर आर्थिक अभावका कारण पुस्तकालय संचालनमा भने समस्यामा भएको सस्थापक टिका प्रसाद लामिछानेले ब्लाष्टलाई जानकारी दिएका छन् । के गर्ने मन त छनी उमेर गयो, अव यो पुस्ताकालयको जिम्मा युवा पुस्तालाई दिने लामीछानेले वताएका छन् । धन साहित्य क्षेत्रमा रुची राख्ने लामिछानेका विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन् । लामीछानेलाई धनकुटाको साहित्यीक धरोहरको रुपमा सवैले लिने गरेका छन् ।