सुनसरी/ इटहरी उपमहानगरपालिका भित्रका शिक्षकहरुले विद्यार्थीहरुलाई त भनेर बोलाउँन नपाईने भएको छ । सामुदायिक बिद्यालयहरूमा अध्यन्नरत विद्यार्र्थी र शिक्षक बिच शिस्टचार सम्बन्ध सुधार कायम राख्न “त ’ शब्द निषेध गरिएको हो
विद्यार्थीलाई त नभई तिमी सम्बोधन गर्ने अभियान इटहरीबाट शुरु गरिएको हो । अभियान शुरु भएसगै अब सामुदायिक बिद्यालयमा त शब्द निषेध हुने भएको छ । सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शिक्षक प्रअ लगायतले अध्यापन गराउदा अनिवार्य रुपमा तिमी संम्बोधन गर्न इटहरी उपमहानगरपालिकाको पहलमा अभियान शुरु गरिएको हो । विद्यार्थीहरुलार्ई त हैन तिमि भनेर राम्रो बोल्न सिकाउँन त शब्द हटाईएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले वताईन ।
शिक्षक र विद्यार्थीहरुको शिस्टचार सम्बन्ध सधै कायम राख्न र गुणस्तरीय शिक्षामा पहुच पुर्याउन इटहरी उपमहानगर क्षेत्रमा रहेका ३४ वटा सामुदायिक बिद्यालयहरूमा यो अभियान चलाइएको इटहरी उपमहानगरकी उपमेयर गौतमले बताइन । उनले भनिन सामुदायिक विद्यालयमा विद्यार्थीहरु आर्कषण गर्ने यो पनि एउटा अभियान हो । विद्यार्थीहरुलाई राम्ररी बोलाउँनु पर्छ भन्ने अभियान हामिले सुरु गरेका हुँ उनले थपिन ।
अभियानको सुरूवात इटहरी १७ पकली स्थित पकली उच्च मावीबाट गरीएको छ । कक्षा १० मा अध्ययनरत बिनु निरौला आफुहरुलाई खुसी लागेको बताउछीन ।उनी भन्छिन शिक्षक र विद्यार्थीहरु विच मात्र नभई विद्यार्थी विद्यार्थीहरुमा पनि राम्ररी बोल्ने अभियान उत्साह जनक हो । शिक्षकहरुले विद्यार्थीलाई माया गरे विद्यार्थीहरुले शिक्षकलाई आदर गर्छन उनी भन्छिन । उपमहानगरपालिकाको यो अभियान साह्ै्र चित्त बुझ्दो लाग्यो उनले खुसी हुदै भनिन् ।
पकली उच्च मावीको प्रध्यानाध्यापक हरीकान्त शाह ले अब उप्रान्त त नभनेर तिमी भनेस सम्बोधन गर्ने प्रतिवद्धता जनाए । अब हामी विद्यार्थीहरुलाई त हैन तिमि भनेर सम्बोधन गछौ शाहले भने । सामान्यता विद्यार्थीहरुलाई शिक्षकहरुले त भन्ने बानी बसेकोल हुन्छ अब हामी विद्यार्थीहरुलाई तिमि भनेर सम्बोधन गछौ शाहले भने । शिक्षकहरुले बिद्यार्थीलाई त शब्द उचारण गर्दा सोभानिय नहुने भन्दै उपमेयर लक्ष्मी गौतमको पहलमा अभियान इटहरीका सबै सामुदायिक बिद्यालयमा अब लागु गरिने छ ।
उपमहानगरपालिकाका ३४ वटा बिद्यालयमा बालमैत्री शासन अनुसार आदारआर्थी शब्द प्रयोग गर्दा शिक्षा आर्जनमा सकरात्मक भुमिका खेल्ने भएकाले अभियान शुरु गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन । यस्तै बिद्यार्थीको मात्र अनुशासन नभई शिक्षकहरुको पनि अनुशासनको मुल्याकन राख्ने समेत अभियानको शुरुवात गरिने भएको छ । शिक्षकहरुमा पनि धेरै समस्या हुने भएकाले पठनपाठनमा बेलबेला बिद्यार्थीको गुनासो आउने गरेको कारण यो अभियान इटहरीमा रहेका ३४ वटा सामुदायिक बिद्यालयमा लागु हुने छ ।
उपमहानगरपालिकाले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बढाउनु पर्नेमा जोड दिने बताइएको छ । त्यसको लागी पूर्वधार र सेवासुबिधाको बिषयमा भने उपमहानगरले पूर्णरुपमा सहयोग गर्ने बताइएको छ । अभियानलाई प्रभाबकारी र निरन्तर्ता दिन छड्के अनुगमन गर्ने समेत उपमहानगरपालिकाको योजना रहेको छ । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण घट्दै गएको कारण विद्यार्थी बढाउँदै लौजाने उपमहानगरको भनाई छ ।