धरानः धरानमा विशेषतः स्कुले बालबालिकाहरु लागूऔषधको कुलतमा फँस्दै गएका छन् । धरानका पसलहरुमा रहेका चुरोट, रक्सीलगायतका पसलहरु छन् । स्कुलवरिपरि मदिरा, चुरोटजस्ता लागूपदार्थ बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दै गएको एनप्याब्सन अध्यक्ष गणेश राईले बताए । उनले भने, ‘स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहुन्छ ‘तर हाम्रो स्कुलसँगैको तरकारी बजारभित्र र आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन् । त्यहाँ हाम्रो स्कुलका विद्यार्थी पनि जाने गर्छन् र साथीभाइको सङ्गतसँगै सिक्न थाल्छन्, यस्ता कुरा नियन्त्रण गर्न जरुरी छ ।’ एसीसी अध्यक्ष राजेन्द्र गुरुङले स्कुल परिसरमा चुरोट, गाँजा तान्छन्, स्कुले नानीहरू हेरी बस्ने गरेको बताउँदै यस्ता वस्तु नियन्त्रण गर्न प्रहरीको पनि साथ चाहिने बताए । ‘स्कुलवरिपरि पाँच सय मिटरसम्म लागूपदार्थ बिक्रीवितरण गर्न नपाइने, मदिरा पसल राख्न नपाइने नियम पटक्कै पालना भएको छैन,’ उनले भने । सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुलवरिपरि ५ सय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरेको छ । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रुपैयाँ जरिवानासमेत तोकिएको छ । एसीसी धरानका अध्यक्ष गुरुङले अभिभावकले पनि सचेतना अपनाउन जरुरी भएको बताए । ‘बालबालिका कहाँ, कोँसग छ र के गर्दैछ भन्ने तीन कुरा अभिभावकले ख्याल गरिदिएमात्रै पनि लागूऔषध कुलतमा फँस्ने सम्भावना कम हुन्छ ।’ उनले थपे । उनले अभिभावकबिना बर्थडे पार्र्टी मनाउने चलन बढेको र त्यस्तो चलनले पनि बालबाबालिकाहरु बिग्रने सम्भावना बढेको बताए । ‘छोराछोरी कुलतमा लागिसक्दा पनि अभिभावकले थाहा नपाउनु ठूलो कमजोरी हो,’ उनले भने, ‘बढ्दो उमेरसँगै फेरिएका आनीबानी, व्यवहार र सङ्गतबारे अभिभावकले ख्याल गरिरहनुपर्छ ।’ उनले थपे । पढ्ने निहुँमा किशोरकिशोरी कोठा बन्द गरेर बस्नु, साथीसँगीसँग गोप्य भेटघाट गर्नु, अभिभावकलाई थाहै नदिएर हिँड्नुजस्ता कुरालाई बेलैमा निगरानी गर्नुपर्ने उनी एसीसी अध्यक्ष गुरुङ बताउँछन् । यस्ता कार्यक्रमले विद्यार्थी मात्रै होइन अन्यलाई पनि लागूपदार्थको दुव्र्यसनी न्यूनीकरणका लागि सहयोग पुग्ने उनको भनाइ छ । छोराछोरीको उज्ज्वल भविष्यबारे नसोच्ने अभिभावक कमै होलान् । अभिभावकले आप्mना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागूऔषधको कुलतमा फँस्ने समस्या बढ्दै गएको एसीसी धरानका अध्यक्ष तथा युरेका उच्च माविका प्राचार्य राजेन्द्र गुरुङ बताउँछन् । मान्छेले अन्य कुलत छाड्न सके पनि लागूऔषधको लतमा फँसेपछि छाड्न सक्दैन । त्यसकारण यसको लतबाट आप्mना सन्तानलाई सुरक्षित र टाढा राख्न उनीहरूका क्रियाकलापप्रति बारम्बार चासो राख्नु र सजग रहनु नै उत्तम उपाय हो भन्छन् उनी । बालबालिकालाई कुलतबाट जोगाउन सतर्कता मात्रै अपनाए पनि पुग्छ । फजुल खर्चमा नियन्त्रण गर्ने, विद्यालय रकलेजसम्मका क्रियाकलापमा रेखदेख गर्ने वा ध्यान दिने, छोराछोरी तथा कलेजसँग नियमित सम्पर्कमा रहने, छात्रावास (होस्टेल) मा राख्नु वा बोडर्स गर्नुभन्दा पढ्नका लागि घरमै उपयुक्त वातावरण बनाउने, विलासिताका सामग्रीहरू किन्न नियन्त्रण गर्ने, छोराछोरी सुत्ने घर रकोठाको नियमित जाँच गर्ने, उनीहरूले बोक्ने पर्स वा वालेट तथा ब्याग जाँच्ने वा हेर्ने, साथीसङ्गीसँगको सम्बन्धका बारेमा सोधपुछ गर्ने, मदिरा वा चुरोट पिउने लतका विषयमा जानकारी लिने, पारिवारिक तथा पढाइको तनावबाट मुक्त राख्ने गर्न सकियो भने पनि बालबालिकालाई कुलतबाट जोगाउन सकिन्छ । सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुलवरिपरि पाँच सय मिटरको दुरीसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरेको छ । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रुपैयाँ जरिवानासमेत तोकिएको छ । ऐनअनुसार शैक्षिक, सामाजिक, सांस्कृतिक संस्थालाई माध्यम बनाई नाबालकलाई लागूऔषध बेचबिखन, सेवन, ओसारपसार तथा सञ्चय गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय वा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना तोकेको छ ।