तरहरा/ रङको पर्व होलीलाई विकृती रहित वनाउँन प्रहरीले पूर्व क्षेत्रभर विशेष अभियानको थालनी गरेको छ । समाजमा विकृती रहित होलीको माहोल वनाउँन प्रहरीले तराईका जिल्लाहरुमा कडाई गर्ने भएको छ । होलीको मौकामा अपराधिहरु सल्बल्याउँने र झैझगडा हुन सक्ने भन्दै एक नम्वर प्रदेशमा सादापोषाक सहितका सात हजार प्रहरी परिचालन हुने भएको छ ।
विकृती र उच्छृङ्खल होलीले समाजमा नकरात्मक असर पर्ने गरेको भन्दै होलीलाई ब्यवस्थीत वनाउँन विशेष सुरक्षा योजनाका साथ प्रहरी परीचालन गरीने एक नम्वर प्रदेश प्रहरी कार्यलयका प्रवक्ता शिव पोखरेलले वताए । शहर धरान,इटहरी,विराटनगर ,दमक विर्तामोड लगायतका क्षेत्रलाई यो वर्ष विशेष निगरानी बढाउँने वताए । एक नम्वर प्रदेशको १४ जिल्लालाई कडा सुरक्षा रणनितिको साथ मातहतका प्रहरीहरुलाई निर्देशन जारी गरीसकेको उनको भनाई छ । करीब ७ हजारको हाराहारीमा प्रहरी ठाउँ ठाउँमा खटाईने भएको छ । सार्वजनिक यातायातका साधनका चालकलाई पनि कडाई गरीने उनको भनाई थियो ।
सुनसरीमा पनि यस वर्षको होली कार्यक्रमलाई ब्यावस्थीत बनाउँन प्रहरीले कडाई गर्ने सुनसरी निमित्त प्रहरी प्रमुख नारायण चिमरियाले वताए । होलीका लागी विशेष सुरक्षा योजना बनाएका छौ त्यही अनुरुप काम गछौ उनले भने । अहिले पर्चा तथा माईकिङ समेत गरीरहेका छौ होलीका दिन सुनसरीका ७० स्थानमा प्रहरी परिचालन तथा सादा पोसाकमा प्रहरी परिचान गदैछौ डिएसपी चिारियाले भने । विहान बाटै प्रहरीको सक्रियता बढ्ने छ ।
पछिल्लो समयमा विभिन्न खाले रंग, गाडीको तेलको कालो, अलकत्रा, कुहिएको अण्डा, तरकारी, फोहोर पानी जस्ता मानिसको छाला र स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने तरिकाले होली खेल्नेलाई पक्राउ गरी मुद्धा समेत चलाईने प्रहरीले जनाएको छ ।
होली सस्कारलाई दुरुपयोग हुन नदिन विशेष निगरानी वढाएको छौ इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले भने । प्रहरी अपुग हुन सक्ने भएको कारण थप प्रहरी बल मगाई सुरक्षा कडा गर्न लागेको उनको भनाई थियो । जबरजस्ती रंग लगाईदिने वहानामा फोहोर पानी भरिएको पिचकारी र लोला हान्ने जस्ता क्रियाकलापले गर्दा होली पर्व अव्यवस्थित र अभद्र हुदै गएको भन्दै प्रहरीले त्यस्ता अभद्र ब्यावहार गर्नेलाई पक्राउ गरीने डिएसपी राउतको भनाई छ । जो पायो त्यहीलाई जवरजस्ती रंग दल्ने, फोहोर पानी छयाप्ने, लोला हान्ने भांग, धतुरो, गाँजा खाएर जथाभावी वोल्दै हिड्नेलाई प्रहरीले कार्वार्ही गरिन्छ डिएसपी राउतले थपे ।
त्यस्तै प्रदेश नम्वर एकका आन्तरीक मामिला तथा कानून मन्त्रालयका प्रवत्ता कमलबहादुर थापाले एक विज्ञप्ती जारी गदै होलीलाई ब्यावस्थीत गर्ने प्रहर प्रशासनलाई निर्देशन दिएको छ । इच्छा विपरीत होली खेर्नेलाई कार्वार्ही गर्ने,मादक पदार्थ प्रयोग गरेर सवारी चलाउँनेलाई कडाई गरिने वताएको छ । होलीमा असभ्य र अभद्र पाराले रंग खेल्ने,मादक पदार्थ सेवन गरेर हेलमेट नलाई होहल्ला गरेर सवारी साधन चलाउने उच्श्रmृखल गतिविधि गर्नेहरुलाई कार्वार्ही गरिने विज्ञप्तीमा भनिएको छ ।
होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् ।