तरहरा/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशलाई नमुना बनाउँने उद्घोष गरेका छन् । सबै हिसावले केहि वर्ष भित्रै प्रदेश नम्वर एक उत्कृष्ट हुने उनको भनाई थियो ।
इटहरीमा बन्न लागेको इटहरी अस्पतालको उद्घाटन गदै मुख्यमन्त्री राईले प्रदेश एकलाई शिक्षा स्वास्थ्य उद्योग पर्यटन जलस्रोत कृषि लगायतका महत्वपूर्ण विषयबस्तुमा आत्मनिर्भर स्वाबलम्वन र समृद्ध बनाउने वताएका हुन । हामी सबल बन्न विभिन्न बाटोहरु खोजिरहेका छौ मुख्यमन्त्री राईले भने ।
जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको निर्माण गर्न लागेको इटहरी अस्पतालको सिलान्यास भएको छ । अस्प्ताल बन्न लाग्नु प्रदेशकै लागि गौरवका विषय बन्न लागेकोमा खुशी समेत ब्यक्त गरे । पूर्वको केन्द्र इटहरीमा ठुला अस्पताल आवश्यक रहेको बेला अस्पतालको शिलान्यास भएको हो ।
कार्यक्रममा काठमाण्डौ मोडल अस्पतालका चिकित्सक डा. भरतकुमार प्रधानले अमेरिकी समाजसेवी नागरिक जिम वेकर सहितको सहयोगमा तथा अन्य क्षेत्रबाट समेत सहयोग जुटाएर कम्तिमा २० करोडको लागतमा ओठ तालु फाटेका, प्रशव पिष्टुला, आङ खस्ने आगोले पोलेर खुम्चिएका छाला वा जोखिमपूर्ण पीडामा रहेका घाईतेहरुको समेत अस्प्तालले विशेष सहुलियत दरमा चिकित्सकीय सेवा उपलब्ध गराउने इटहरी अस्पतालको मुख्य लक्ष्य रहेको छ ।
अस्पताल २ विगात १६ कट्ठा जमिनको क्षेत्रमा निर्माण हुने बताईएको छ । कार्यक्रममा अमेरिकी नागरिक जिम वेकर फेक्ट नेपालका फाउण्डरद्धय हाँस्य कलाकारहरु हरिबंश आचार्य मदनकृष्ण श्रेष्ठले प्रदेश १ को इटहरीमा यस प्रकारको सेवा मार्फत प्रादेशिक नागरिकमा सेवा उपलब्ध गराउने वताए । इटहरीमा एउटा राम्रो अस्पताल बनाउँन आफुहरुले भुमिका खेलेको कलाकारद्धयले वताएका हुन ।