भद्रपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो झापा आएका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा आएकी थिइन् ।
पूर्व राजा र रानी आइतबार दिउँसो साढे ३ बजे झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आएपछि उनीहरुको भव्य स्वागत गरिएको थियो । विमानस्थलमा आइपुगेका उनीहरुको शुभेच्छुक तथा समर्थकहरुले फुलको मालाले स्वागत गरेका थिए ।
विमानस्थलबाट सोजै पूर्वराजा र रानी दमकस्थित हिमालय टी गार्डेनमा रहेको मिनी दरबार तर्फ लागेका थिए । पूर्वराजा र रानीको झण्डै तीन हप्तासम्म झापामा कार्यक्रम रहेको जनाइएको छ । झापा किन आएको विषयमा अहिलेसम्म केही खुल्न नसकेको जनाइएको छ । पूर्वराजाको यो झापा भ्रमण सुदूरपश्चिम र मध्यपश्चिमसँगै भारत भ्रमणको श्रृंखला हो भन्ने जानकारहरु बताउँछन् ।