धरान/ धरानउपमहानगरपालिकाले बिजयपुर दरबार क्षेत्रको बिकास र प्रर्बधनगर्नशहरी बिकास मन्त्रालयमा प्रस्ताब पेस गरेको छ ।

एसियालीबिकास बैकको प्राबिधिक सहयोगमाशहरी विकास मन्त्रालयले आयोजनाहरु सञ्चालनगर्न प्रस्ताबमाग गरेपछि धरानउपमहानगरपालिकालेबिजयपुर दरबार क्षेत्रको विकास र प्रर्बधनलाई प्राथमिकतामा राखेर प्रस्ताब पेस गरेको हो ।धरानउपमहानगरपालिकाले पेस गरेकाप्रमुख सातवटा प्रस्ताबमध्ये विजयपुर दरबार क्षेत्रको विकास र संम्रक्षणगर्ने प्रस्ताबलाई प्राथमिकतामा राखेको छ ।

धरानउपमहानगरपालिकाका मेयर तारा सुब्बालेबिजयपुर दरबार क्षेत्रको समग्र बिकास गर्ने उपमहानगरको योजना रहेकाले त्यसकालागि प्रस्ताब पेस गरिएको बताए ।उपमहानगरको बजेटले मात्रबिकास सम्भवनभएकाले केन्द्रिय सरकारसँग योजनामाग गरेको उनले बताए । प्रस्ताबमाबिजयपुर दरबार क्षेत्रको ऐतिहासिक प्रमाणिकरण,उत्खनन तथापुर्ननिर्माण जस्ता कार्यक्रमहरु राखेर प्रस्ताब पेस गरिएको मेयर सुब्बाले बताए ।

धरानउपमहानगरपालिकाका बरिष्ट इन्जिनियर सुरज श्रेष्ठले प्रस्ताब स्वीकृत भएआगामीआर्थिकबर्ष बाटै यसको कार्य अगाडि बढ्ने बताए । प्रस्ताब स्वीकृत हुने अवस्थाहामीले बुझेका छौ इन्जिनियर श्रेष्ठले भने‘प्रस्ताब स्वीकृत हुन साथयसको डिटेल प्रोजेक्ट रिपोर्ट तयार हुन्छ ।यो प्रस्ताब स्वीकृत हुन साथधरानउपमहानगरपालिकाले बिजयपुर दरबार क्षेत्रलाई बिश्व सम्पदासुचिमादर्ता गर्नपनिप्रकृया अगाडि बढाउने इन्जिनियर श्रेष्ठले बताए ।

धरानउपमहानगरलेले विजयपुर दरबार क्षेत्रको बिकास र संम्रक्षण,सर्दू सेउती रिभर करिडोर,कृषि र पर्यटन पहुचमार्ग निर्माण तथाविकास,कोकाह खोल रिक्रिएसनड्यामनिर्माण,धरान बिष्णुपादुका र धरान भेडेटार केबलकार सञ्चालन,कृषि प्रसोधन केन्द्र निर्माण,रिजनलबसपार्क निर्माण र एयरपोर्ट निर्माणको प्रस्ताब केन्द्रिय सरकारलाई पेस गरेको छ । यी सातमध्ये केही योजना स्वीकृतहुने लगभगनिश्चित छ,कुन कुन योजना पर्छ । त्यो अहिले फाइनलभएको छैन धरानउपमहानगरपालिकाका विजयपुर दरबार क्षेत्रको विकास र प्रबर्धन गर्ने बिषयमा धरानउपमहानगरपालिकाले किरातजन्य सघंसस्थाहरु सँगपनि प्रतिबद्धता तथा सहमतीजनाइ सकेको छ ।

पछिल्लो समय धरानमा सञ्चालितएकिकृतशहरी विकास आयोजनाले दरबार क्षेत्रको एक स्थानमाखानेपानीको रिजर्व ट्याङकीबनाउने भएपछि उक्त स्थानमा पुरातत्वीकबिभागले प्रारम्भिकउत्खनन समेत गरेको थियो ।

रिजर्भ ट्याङकीबनाउने स्थानमागरिएको प्रारम्भिकउत्खननकाक्रममा पुरातात्वीकमहत्वकाकुनैपनि बस्तुहरु फेलानपरेको रिपोर्ट पुरातत्वबिभागले धरानउपमहानगरपालिकालाई पठाई सकेको छ ।

‘ट्याङकीनिर्माण गर्ने भनिएको स्थानमाकुनैपनि पुरातत्वीकमहत्वको बस्तुहरु फेलानपरेको ब्यहोरा विभागले पठाएको छ’एकिकृत शहरी विकास आयोजना धरानकाआयोजनाप्रमुख राजु पोख्रेललेभने ।