तरहरा/ जिल्ला अदालत सुनसरीले आठ वर्ष अगाडी गरेको फैसला विरुद्ध इटहरी १९ स्थित वरमपुरचौकमा गाउँलेले प्रर्दशन गरेका छन । २०२२ साल देखि ऐलानी जग्गामा बस्दै आएका सात परिवारलाई विल्लीबाठ बगाउँने निर्णय गरेको भन्दै बुधवार वरमपुरमा गाउँलेहरु भेला भएर जनता विरोधी निर्णय भएको भन्दै आपत्ती जनाएका छन ।

ऐलानी जग्गामा वस्दै आएका सात परिवारलाई विस्थापित गर्ने उनीहरुको घर पछाडी रहेको नम्वरी जग्गावाला गोपाल राईले सबै घर खाली गर्ने भन्दै वारम्वार धम्क्याउँने गरेको कारण लामो समय देखि बस्दै आएका परिवारको विचल्नी हुने भन्दै उनीहरुलाई हटाउँन नहुने माग गदै गाउँलेहरुले माग गरेका छन । २०६६ नम्वरी जग्गावाल गोपाल राई परिवालले हालेको मुद्धामा पिडित पक्षहरुबाट म्याद तमेली राख्दा दुःख पाएको भन्दै लामो समय देखि वर्षेनी लफडा हुदै आएको स्थानीय नेता रुद्र बस्नेतले वताए । उनले भने कुनै नम्वरी जग्गालाई असर नपर्ने गरी बस्दै आएका सर्वसाधरणलाई लखेट्ने निर्णय उचित नभएको वताए । घर पछाडी जाने दुई दुई वटा बाटो हुदा हुदै वारम्वार जनतालाई मानसिक तनाव दिने काम भएको भन्दै माओवादी नेता मणिराम गिरीले जनपक्ष फैसला नहुदा सात परिवारलाई समस्या परेको वताए । स्थानीय स्तरका सबै जनता विपक्षमा हुदा हुदै अदालतले गरेको निर्णय जनताविरोधी भएको उनको भनाई थियो । अदालत के का लागी ? जनताको मर्म र भावना बुझ्दैन भने उनले प्रश्न गदै भने । हामीले आम जनताको कुरा सुन्ने हो वर्षे देखि बस्दै आएका सात परिवारलाई हचुवाको भरमा गरेको हटाउँने निर्णय जनताको पक्षमा नभएको भन्दै सर्वसाधरणले दुख पाएको गुनासो गरे । नेपाली काग्रेस सुनसरीका प्रभावशाली नेता तथा इटहरी सभापति हेमकर्ण पौडेलले ब्यक्तिको जग्गामा जाने बाटो हुदा हुदै वारम्वार सुकुम्वासीहरुलाई हटाउँने शक्ति देखाएको वताए । बासको परिबन्ध नगरी सुकुम्वासीलाई वर्षे देखि बसेको ठाउँबाट हटाउँने अदालतले ब्यावहारीक पक्ष हेर्नु पर्ने उनको तर्क छ । त्यहाँ बसेका उनीहरुले ब्यक्तिको जग्गामा कुनै असर नगरेको भए पनि यसरी अमानविय हिसाबले उनीहरुलाई त्यहाँबाट हटाउँन खोज्नु राम्रो नभएको सभापति पौडेलको भनाई थियो । उनीहरुलाई विनाआधार हटाउँन हुदैन उनले थपे । बुधवार जिल्ला अदालत सुनसरीबाट घर भत्काउँन आएको टोलीलाई गाउँलेहरुले घर भत्काए आफुहरु चुप लागेर नबस्ने वताएका थिए । करीब ५ सयको संस्थामा स्थानीयबासीहरु उपस्थित भएका थिए । स्थानीयवासी तथा पिडित रवि खड्काले अदालतको निर्णयले आफुहरुलाई मानसिक टचर भएको वताए । जग्गावाल राईले आफुहरुको बास उठाउँने र विल्लीबाठ बनाउँन लागेको भन्दै दुखेसो गरे । केहि समय अगाडी राईको जग्गामा जाने बाटो नभएको र आफुहरु मिलेर दुईबटा वाटो दिदा पनि सुख नपाएको भन्दै गरीवका लागी न्याय फलामको चिउरा जस्दै भएको दुखेसो गरे । २०३१ साल देखि तत्कालीन हाँसपोसा गाउ पञ्चायत हुदा कर तिरेको जग्गामा अहिले हटाउँने निर्ण विरुद्ध गाउँलेहरु उत्रिएका हुन । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर बुधवार नै चिनारी महिला समुहले वरमपुर चौकमा कार्यक्रम गरेर घर भत्काउँने निर्णयको विरोध समेत गरेको थियो । समुहकी अध्यक्ष इन्दिरा राईले सुकुम्वासीहरुको घर भत्काउँदा उनीहरुको विल्लीबाठ हुने भएको कारण भत्काउँन हुदैन भन्दै विरोध स्वरुप कार्यक्रम गरेको वताईन । त्यहाँ अम्मर खड्का,नगेन्दै खड्का,मकर बहादुर खड्का,विचारी खड्का,गंगा खड्का लगायत गरी सात परीवार २०२२ साल देखि बस्दै आएका छन ।