धरान/ मुलुक संघीय गणतनत्रसम्म आईपुग्न महिलाहरुको ठूलो भूमिका रहेको १ नं. प्रदेशका प्रदेशसभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् । उनले २०६२–६३ को आन्दोलन तथा गणतनत्र स्थापनाका लागि महिलाहरु उल्लेख्य भूमिका निर्वाह गरेकै कारण राज्यको प्रमुख पदमा महिला पुगन सफल भएको बताए ।
१०८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरपालिका तथा महिला सञ्जाल धरानले विहीबार आयोजना गरेको वृहत र्याली तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका सभामुख भण्डारीले घर चुलो चौका, कार्यालय सबै व्यवस्थापन गर्न सक्ने महान महिलाहरु यति बेला राज्यका माथिल्लो पदमा पनि पुगिसकेको बताए । महिला राष्ट्रपति, महिला प्रधानन्यायधिस, सभामुखलगायत पदमा महिलाको उपस्थिति ठूलो उपलब्दी भएको सभामुख भण्डारीले बताए ।
महिला सशक्तिकरण र अझ महिलाको नेतृत्व तहमा भूमिका पुर्याउन महिलाको अनुकुलमा प्रदेशमा कानुन बन्ने समेत उनले बताए । घर हुने महिला हिंसा एैन कानुनको जगमा मात्र न्यूनिकरण नगृ नसकिने बताउदै व्यवहार मानै सुधारको अभियान थाल्न समेत उनले सुझाएका छन् । कार्यक्रममा धरान उपमहागनरपालिकाका प्रमुख तारा सुब्वा, उपमेयर मञ्जु भण्डारीलगायतले बोलेका थिए ।
धरान १६ की गोरीमाया तामाङलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । २५ बर्षदेखि घर निर्माणमा लागि १० बर्ष अघि हेड मित्री बन्न सफल धरानकी एक्ली महिला तामाङलाई कार्यक्रममा सम्मान गरिएको थियो । उनी घर निर्माणमा पुरुषहरुलाई काम लगाउदै आएकिछन् ।
कार्यक्रममा चर्चित कवि कुन्ता शर्माले कविता बाचन गरिन । उनलाइृ साहित्यमा उचाईमा पुर्याएको ‘पोथि बास्नु हुदैन्’ भन्ने कविता सुनाईन । कतिले नेताहरु महिलाको हकहित र अधिकारका लागि खर्चिएको भाषण भन्दा बढि ताल थियो । अमेरिकन कवि वीलियमको उक्तबाट उनले कवितालाई जोडेकी थिईन । वीलियमका अनुसार महिलाहरु आधा आकास होईनन् । अधिकार बराबर होईन । महिलाहरु पुरा आकास हुन ।
पुरुष भन्दा बढि महिला गर्न सक्छन् । मात्र अवसरका खाचो छ । २०४२ सालमा छिमेकीको घरमा पोथिलाई खेदी खेद हित्या गरेको दृष्य हेरे पछि ‘पोथि बास्नु हुदैन्’ कविता श्रृर्जना गरेको सुनाईन । कार्यक्रममा महिला हिंसाबारे कवितासमेत बाचन गरिएको थियो । हाम्रो डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।
यस्तै दैनिक मजदुरी गर्ने ३५ जना श्रमिक महिलाहरुलाई स्वास्थ र सुरक्षासँग सम्बन्धित किट वितरण गरिएको थियो ।