तरहरा/ प्रदेश एककी संसद नबोदिता चौधरीले महिला अधिकार नारामा मात्र नभई वास्तवीक अधिकार पाउँन लड्नु पर्ने वताईन । पछिल्लो समयमा महिला अधिकारको नारा बढ्दै गए पछि केहि अधिकार हात लागे पनि अझै महिलाहरुले आफ्नो सम्पूर्ण अधिकार नपाईसकेको उनको तर्क थियो ।

सुनसरीको इटहरी स्थीत तरहरामा महिला शशत्तीकरण समुह इटहरीले आयोजना गरेको १०८ औ अन्तराष्ट्रिय श्रमीक महिला दिवस कार्यक्रमको उद्घाटन गदै संसद चौधरीले सो कुरा वताएकी हुन । सामाजिक रुपमा महिलाहरु अधिकार खोज्न बल्लतल्ल तयार भएको वताउँदै उनले अझै पनि महिला अधिकार लागु भईनसकेको उनको भनाई थियो । अहिले पनि अधिकांस महिलाहरु श्रम गरेर खाईरहेको भए पनि अहिले पनि महिलाहरुलाई हेपाहा प्रवृति अझै कायम रहेको छ चौधरीले थपिन ।

महिला शशत्तीकरणकी अध्यक्ष तथा महिला अधिकारकर्मी धर्मा गिरीले महिलाहरु पनि श्रम गरेर खान अब्बल भईसकेको वताईन । पुरुष प्रदान देशमा अझै पनि महिलाहरुले श्रम गरेर खान सक्दैनन् भन्ने छ तर अधिकांस महिलाहरु श्रम गरेर खान थालेका छन उनले थपिन । सामाजिक रुपमा महिलाहरु सक्रिय भए अधिकार र श्रम दुबै गर्ने सक्ने हुन्छन् अध्यक्ष गिरीले भनिन् । हामी आफ्नो अधिकार पाउँन र कर्म गर्ने तयार छौ उनले थपिन् ।

शशत्तीकरण समुहकी पूर्व अध्यक्ष राधा घिमिरेले पछिल्लो समयमा महिलाहरु आफ्नो श्रम बेच्न थालेको वताईन । अहिले पनि महिलाहरुले केहि गर्ने सक्दैनन् भन्ने भ्रम समाजमा यथावत हुनु दुखद कुरा भएको भन्दै महिलाहरु शिक्षीत र अब्बल भईरहेको वताईन । महिलाहरु पुरुष जस्तै श्रम गर्ने पछि नपर्ने भन्दै उनले महिलाको अधिकार अझै समान नभएको भन्दै महिलाहरुले पनि आफ्नो अधिकार खोज्न लाग्नु पर्ने वताईन ।

सामाजिक अगुवा दुर्गा गिरीले महिलाहरुले आफ्नो अधिकार नपाएको गुनासो गरीन । भन्दा पुरुष र महिला वरावर भने पनि बिभेद भने समाजमा अझै जस्ताको तस्तै रहेको उनको तर्क छ । हामी सबै बराबर हुँ भन्ने सोच पुरुषमा पनि आउँनु पर्छ गिरीले थपिन । सामाजिक अगुवा विना भुजेलले पनि महिलाहरु श्रम गरेर पसिना बगाएर आन सक्ने भएको तर्क गरिन ।

कार्यक्रममा श्रमीक तथा उद्यमी महिलाहरुलाई सम्मान समेत गरेको छ । सम्मानीत हुनेहरुमा सरस्वती भट्टराई,प्रमिला थापामगर,दोमनी चौधरी,सावित्रा भट्टराई,नैना चौधरी,इश्वरा खतिवडालाई सम्मान गरेको हो । ५ सय महिलाहरु सहभागीता रहेको थियो । कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले महिला अधिकारका बारेमा वोलेका थिए । नेताहरु नगेशचन्द्र राई,खेमराज दाहाल ,मचिन्द्र खवास लगायतका नेताहरुले बोलको थिए ।