धरान /धरान सरकारका प्रमुख तारा सुब्बाले लिङगको आधारमा ज्यालामा विवेद गर्ने ठेकेदारलाई कारबाही गर्ने बताएका छन् । श्रमको समान ज्याला पाउनु पर्ने मजदुरको अधिकार भएको भन्दै उनले धरान नगर क्षेत्र भित्र समान कामको समान ज्याला कायम हुने बताएका हुन् । विहिबार १०८ अाै श्र।मिक महिला दिवसको अवसरमा ६ नं वडा समितीले आयोजना गरेको श्रमिक महिला सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रमुख सुब्बाले श्रमको समान ज्याला पाउने अधिकार कानुनले व्यवस्था गरेको हुदा धरान उपमहानगर क्षेत्र भित्र कडाईका साथ कार्यन्वयन गरिने कार्यक्रममा बताएका छन् । यसका लागी धराननगर क्षेत्रभित्रका निमार्ण व्यवसायिहरुसँग सहमती समेत भैसकेको उनले बताए । सोही कार्यक्रममा प्रमुख सुब्बाले ३५ जना श्रमिक महिलालाई खदा ओडाई सम्मान गरेका थिए । कार्यक्रम ६ नं वडा अध्यक्ष भुवनसिंह बस्नेतको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।