धरान/ दृढ इच्छा शक्ति भएमा के कुराको सम्भव नरहला र ? खोटाङ रावाखोला स्थायी घर भएका ५० वर्षे तिर्थ तामाङ ज्वलन्त उदाहरण हुन् ।
धरान ११ मा बसोबास गर्दै आएमा तामाङ १४ वर्षको उमेरमा गुँडाको हाडका समस्याका कारण असक्त बनेका हुन् । अन्य व्यक्ति सरह हिड्डुल गर्न सक्दैनन् । तर पनि उनी भित्र दृढ इच्छा शक्ति भने प्रचुर मात्रमा छ । साधरण हिड्डुल गर्न नसक्ने तामाङ अहिले सम्म कसैको सहारामा भने बसेका छैनन् ।
तामाङको दैनिकी विहानको छ बजे देखि ९ बजे सम्म सयको हाराहारीमा पत्र–पत्रिका पाठकको घर सम्म पुर्याएर सुरु हुन्छ । उनले दिनमा धरान भानुचोक वरिपरि धागो, तालाचाबी आदि खुद्रा सामान बेच्ने, बेलाबेला प्लाष्टिकको मुढा बुन्ने काम गर्छन् । त्यसरीनै उनको जिविकोर्पाजन हुने गरेको छ । तामाङलाई पनि अरुको जस्तो घरजम गरेर बस्ने रहर छ तर राम्रो आयस्रोत नभएका कारण बिहे गर्न चाह नभएको उनी बताउछन् ।
तामाङ भन्छन् ,‘‘मानिस सबै कुरा पुरा भएमा खुसी रहने हो, त्यो कुरा पुरा गर्ने म सँग आर्थिक क्षमता छैन । केहि व्यापार व्यवसाय गर्छु भनेर अार्थिक सहयोगका लागी हारगुहार गरे तर कहि कतैबाट मिलेन । कसैको दया भए मागेर होइन गरेर खाने दृढ इच्छा छ ।''