पथरी/ आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं सुन्दर बजार बनाऔं भन्ने नाराका साथ कानेपोखरी गाउँपालिका कार्यालयको आयोजनामा रमाइलो बजार बृहत सरसफाइ गरेका छन् ।

शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका कार्यवाहक अध्यक्ष राजमती इङ्गनामले सडकमा भएको फोहोरलाई कुचोले बराल्डदै कार्यक्रम सुरु गरेकी थिइन । रमाइलो बजार देखि सुरु गरेको विद्यालयको खेल मैदान, गाउँपालिकाको कार्यालय परिसर, रमाइलो चौकको पूर्व पश्चिम बाटो सवै सरसफाई गरेको हो ।

कार्यक्रममा जनप्रतिनिधि,प्रशासकिय अधिकृत नारायण न्यौपाने, हेमुलाल गौतम, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडा नम्बर ७ का वडाध्यक्ष चरण गुरुङ,वडा नं. ७ का वडाध्यक्ष मोहन अधिकारी र वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीसहित कार्यपालिका सदस्यहर र वडा सदस्यहरु उपस्थीतमा सरसफाई गरेका थिए ।

बिहान ८ बजे सवैजनाले उत्साहको साथ हातमा पन्जा र माक्स लगाएर कसैले बेल्चा त कसैले कुचो लिएर निस्कीएका थिए । संकलित फोहोर लाई ट्याक्टर मार्फत आइतबारेमा रहेको डम्पिङ साइडमा लगेर फालिएको प्रशासकिय अधिकृत नारायण न्यौपानेले बताए ।

सरसफाई कार्यक्रमलाई आसपासमा रहेको विभिन्न संघसस्थाले पनि सरसफाईमा हातेमालो गरेका थिए । रमाइलो युवा परिवार,उज्ज्वल भविश्य बाल समूह,हस्तिनापुर समाज सेवा क्लब,कानेपोखरी ब्यापार प्रबन्ध समिति, रमाइलो जेसीजले सरसफाइमा हातेमालो गर्दै सरसफाई गरेका थिए ।

उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, सडकको नालामा फाल्न नहुने, इँटा,बालुवा जस्ता व्यापारिक सामाग्री सडकमा राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा गाउँपालिकाको नियम अुनसार कारवाही गरिने गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजमती इङ्नामले बताइन । उनले भनिन्–‘फोहोर फाल्ने डम्पिङ साइडको धेरै आवश्यक रहेकोले उचित ठाउँको खोज गरी फोहोरको व्याबस्थापन गरिने छ ।’