चक्रघट्टि बराहक्षेत्र नगरपालिकाको कालाबन्जरमा रहेको मुनबिम एकेडेमीले १३ औ अभिभावक दिवसको अवसरमा बराहक्षेत्र नगरपालिकामा कार्यरत ६ जना संचारकर्मीहरुलाई सम्मान गरेको छ । पत्रकारीताको माध्यमबाट शैक्षिक , आर्थिक, राजनैतिक तथा सामाजिक क्षेत्रका कुरीति र बिसंगतिहरुको खबरदारी गरी सत्य ,तथ्य र निष्पक्षलाई आत्मसात गर्दे सभ्य सान्त र समृद्ध समाज निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा ब्लाष्ट टाइम्स दैनिककी संवाददाता बिमला घिमिरे, कोशी सम्मान साप्ताहिकका सम्पादक हिरण्य कार्की, श्री जनमत साप्ताहिकका सह सम्पादक अच्युत भट्टराई, बराह खबर दैनिकका सम्बाददाता संगम बिष्ट, दिपक पुरी, सुनसरी सामुदायिक एफ.एम.कि कल्पना कार्कीलाई बिध्यालयले सम्मान गरेको छ । बिध्यार्थीहरुद्धारा रातो र चन्द्र सुर्य गित गाएर र कोही पश्चिम कोही पुर्वाघर भन्ने नृत्यद्धारा उपस्थित अतिथि र अभिभावकलाई स्वागत गरेका थिए । कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत बिध्यार्थीहरुद्धारा लोकनृत्य, गायन नाटक, बिज्ञान प्रदर्शनि, पुरस्कार वितरण लगायतका कार्यक्रमहरु प्रूतुत गरीएको थियो । मारुनी नृत्य के को माला के को माला ,माछिले खाने खोलीको लेउ, चरी चट्टपरी, गैरी खेतको सिरै हान्यो ,टाकान टुकुन, लहनाले जु¥यायोकी ,थारु गित ए बुल्की वाकी लगायतको गितमा नृत्य प्रस्तुत गरीएको थियो । कर्तव्य नामक नाटक प्रस्तुत गरीएको थियो । अभिभावकहरुलाई मेमोरी टेस्ट , स्पोन रेस खेल खेलाइएको थियो । कक्षा ८ मा अध्ययनरत विध्यार्थीहरुद्धारा निर्माण गरीएको रकेट उढाएर प्रदर्शनी गरीएको थियो । २०७३ सालमा एस.इ.इ. मा ए प्लस ल्याउने ६ जना बिध्यार्थीहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरीएको थियो भने अभिभावलाई खादा ओडाएर सम्मान गरीएको थियो । बिध्यार्थीको क्षमता विकास गर्नका निर्मित बराहक्षेत्र नगर बिकास समितिका अध्यक्ष अर्जुन भट्टराईले ५ हजार दिने घोषणा गरेका छन् । बिध्यालयका व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका शिक्षा प्रमुख डिल्लिराम अधिकारी रहेका थिए । बिशिष्ट अतिथि क्षेत्रीय समन्वयय समिति गा्रमिण क्षेत्र सुनसरीका अध्यक्ष मोहन भट्टराई, बराहक्षेत्र नगर बिकास समितिका अध्यक्ष अर्जुन भट्टराई, राजाबास इङलिस बोडिङ स्कुलका प्रिन्सिपल खेम राई, बिभिन्न निजि बिध्यालयका प्रिन्सिपलहरु , सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ऋतिथि रहेको कार्यक्रममा अभिभावकहरुको उल्लेखिय सहभागिता रहेको थियो । सह पा्रध्यापक बिदुर चौलागाईले कार्यक्रम सन्चालन गरेका थिए ।