सुनसरी/ सुनसरीको सप्तकोशी जलाधारमा अवस्थीत कोशी टप्पु वन्यजन्तु आरक्षमा बर्षेनी आन्तरीक र वाह्य पर्यटकको संख्या बढ्दै गए पनि प्रशस्त हात्ती नहुदा पर्यटकहरु खासै उत्साहित भएको पाईदैन । प्रदेश नम्वर एकमा रहेको एकमात्र आरक्षमा हात्तीको संख्या कम हुदा जंगल सफारी गर्ने समेत पर्यटकहरुले पाएका छैनन् ।
सप्तकोशीको किनार अनी वन्यवन्तुको आरक्ष केन्द्ररहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा घुम्न आउनेको संख्या बर्षेनी वढ्नु पर्नेमा यसको संख्यामा कमि आउदै गएको छ । पर्यटकहरुको प्रमुख आकर्षण हात्ती सवार रहेको र आरक्षमा हात्ती पर्याप्त नहुदा घुम्न आउने पर्यटकको संख्यामा कमी आउदै गएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षका दरवन्दीका हात्तीहरु चितवन राष्ट्यि निकुञ्जमा काजमा पठाइएका कारण हात्तीको संख्यामा कमि आएको हो ।
आरक्ष क्षेत्रमा आउने पर्यटकहरु हात्तीमा सयर गरी आरक्ष घुम्न रमाउने गरेपनि हात्तीको सख्या कम भएका कारण पनि पर्यटकहरु घट्न थालेको गुनासो वढन थालेको छ । आरक्षमा रहेका १० दरवन्दीका हात्तीहरु मध्ये पाँच हात्तीहरु चितवन लगीएको छ । यता लगीएका हात्ती लाई आरक्षबाटै रासन खुवाउने गरीएको भन्दै ती हात्तीहरु आरक्षमै फर्काउन पहल गरिने आरक्षसंगै जोडिएको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए ।
आरक्षका हात्तीहरु आरक्षमै फर्काउनु पर्नेमा जोड दिन्छन् । पर्यटकको आगमनले यस स्थानको विकाशमा जोडहुने भएको कारण पनि पर्यटक भित्रीने कार्य गर्नु पर्छ कोशीटप्पुमा भेटिएका इटहरीका सन्तोष श्रेष्ठले टप्पु पहिला जस्तो आर्कषक नभएको गुनासो गरे । पर्यटकलाई आर्कषन गर्ने उदेश्य राखेर आरक्षमा खै हात्ती उनले प्रश्न गरे । पछिल्लो समयमा पर्यटक घट्दै गएको भन्दै पर्यटक आर्कषक गर्ने अन्य विकल्प खोज्न समेत उनको आग्रह छ ।
यता आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाह कोशी टप्पुको क्षेत्रफल सानो भएको कारण हात्तीलाई आफै असज भई रहेको तथा आरक्षमै रहेका हात्तीका कारण जगंली हात्तीहरु आरक्ष क्षेत्रमा आएर क्षति पुर्याउने गरेको वताउछन् । २०४५ साल देखि नै दरवन्दीको हात्ती चितवनमा छ उनले भने । यस वर्ष पनि हात्तीले समस्या ल्याएको हुदा हामी उचित स्थानकोे खोजीमा छौ उनले भने । वर्षमा करीब ९ हजार पर्यटकले का्शी टप्पु आउँने गर्छन उनले थपे । यस अघिको तुलनामा यो वर्ष भने कमि आएको छ उनले भने ।
वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फीनसमेत पाईन्छ। लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो।