विराटनगर/ उदयपुरको लिम्चुङ्बुङ्ग गाउँपालिका २ ताम्लिक्छामा आइतबार आगलागी हुँदा दुई जनाको घर जलेको छ ।
स्थानीय रामशेर राईको घरमा आइतबार दिउँसो ३ बजेतिर खाजा बनाउने क्रममा अचानक आगो सल्किएर आगलागी हुँदा उनको सहित नजिकै रहेको कैलाश राईको घर जलेको हो ।
आगोले दुई वटा घर तथा घरभित्र भएका लत्ताकपडा, भाँडावर्तन, अन्नपात, नगद र सुन चाँदीका गहनासमेत जल्दा करिब ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यता सुनसरीको धरान उपमहानगरपालिका १७ इन्द्रेनीमार्ग स्थित भक्त बहादुर क्षेत्रीको घरमा सोमबार विहान २ बजेतिर अचानक आगलागी भएको छ।
आगलागीबाट घर अगाडी बरण्डामा पार्कीङ गरी राखेको को ३१ प ९८४४ नम्बर र को १२ प ७५५० नम्बरको मोटरसाइकल तथा प्लाष्टिकको कुर्सी, गलैचा, कम्बलहरु जलेका छन।
आगलागी के-कसरी लाग्यो सो बारेमा प्रहरीबाट अनुसन्धान कार्य भई रहेको छ।