बांग्लादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ।
यूएस बांग्लाले आफ्नो विमान ६७ यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२ : ५१ बजे उडेको जनाएको छ।
धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार केही व्यक्तिहरू घाइते भएका छन्। उनका अनुसार घाइते र अन्य यात्रीहरूको उद्धार गरिँदै छ।
घाइतेहरूलाई विभिन्न अस्पताल लगिएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीका अनुसार अग्निनियन्त्रण कार्य जारी छ।
दुर्घटनापछि अरू उडानहरू प्रभावित भएका छन्।
थप विवरण आउन बाँकी छ।
बिबिसी