मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा चालु आर्थिक वर्षका योजना सम्पन्न गर्ने रफ्तारका क्रममा नगरपालिका अनुगमन समितिले एकैदिन १ दर्जन वढी योजना अनुगमन गरेको छ ।
अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सदस्य मैनाकुमारी राई लिम्बू, इन्जिनियर कृष्णप्रसाद कोइराला, सूचना संयोजक भूपेन्द्र तिम्सिना, वडाध्यक्ष, वडासदस्य सहितको टोलीले पछिल्लो पटक नगरपालिकाको सम्पन्न योजना अनुगमन् गरेको हो । जसमा, वडा नम्बर ४, ५, ६, ८ र ९ नम्बरका १४ वटा योजना अनुगमन् गरी पास गरिएको समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।
वडा नम्बर ९ को जनताचोक पश्चिम केर्खा खोला धिमाल टोल बाटोको कल्भर्ट, प्रहरी चौकी कुशेको छत ढलाई कार्यको अनुगमन् भएको छ ।
८ नम्वर वडा कार्यालयको वरण्डा, सिलिङ, ग्रिल, सेफ्टी ट्याङ्की निर्माण, नेम्वाङ होलीको नाला स्तरोन्नती, शुक्रवारेमा प्रकाश राईको घर अगाडिको कल्भर्ट, भाटे पुलमा कल्भर्ट निर्माणको पनि अनुगमन् भएको छ ।
६ नम्वर वडाको मंगलवारेस्थित पशुसेवा कार्यालय भवन निर्माण, कमलपोखरी पुग्ने वाटो स्तरोन्नती, कुँडामा कमल तिम्सिनाको घर छेउको बाटो फिलिङ, श्रीजंघा चोक नजिकको कल्भर्ट निर्माण सम्पन्न भएकाले अनुगमन् गरिएको छ ।
त्यसैगरी, वडा नम्वर ४ को लोककिरण न्यौपानेको घर पूर्वउत्तरको बाटो स्तरोन्नती, ५ नम्वरको अनक धिमालको घर छेउ वाटो र त्यसभन्दा दक्षिणको वाटोमा पनि माटो पुराई तथा मौलीवारी सडक ग्राभेलको अनुगमन् भएको छ ।
नगर उपप्रमुख संयोजक तथा नगर प्रवक्ता यामप्रसाद गुरागाईं, वडा सदस्यहरु मैनाकुमारी राई लिम्बू, निर्मला विश्वकर्मा, प्राविधिक कृष्णप्रसाद कोइराला तथा सम्वन्धित वडाका वडाध्यक्ष अनुगमन् समितिको सदस्य रहने व्यवस्था छ ।