तरहरा/ प्रदेश नम्वर एकको केन्द्र इटहरीका होटल ब्यावसायीहरुलाई ब्यवस्थीत बनाईने भएको छ । होटल ब्यावसायलाई ब्यावस्थीत गदै पर्यटकहरु आर्कषण गर्ने उदेश्यले इटहरीका होटलहरुमा हुने यौन धन्दा बन्द गर्ने ब्यावासायी संघले ब्यावसायीहरुलाई निर्देशन दिएको हो ।

यौन विकृतिले नरात्मक सन्देश दिदै आएको इटहरी पछिल्ले समयमा सुध्रदै गएको भन्दै इटहरीलाई बदनाम गराए ब्यावसायीहरुलाई नै कार्वार्हीको दायरामा ल्याउँने होटल ब्यावसायी संघ इटहरीले जनाएको छ । होटललाई ब्यावस्थीत गर्ने उदेश्यले विहिवार इटहरीमा भएको अन्तरक्रिया कार्यक्रममा अधिकांसले होटललाई ब्यावस्थीत बनाउँदै लौजानुको विकल्प नभएको अधिकांस वक्ताहरुले वताए ।

केही समय सम्म यौन विकृतिले केही हद सम्म माम्य भए पनि अहिले पुन कर्लगर्लहरु फ्याट्ट फुट्टट अझै भेटिने गरेको भन्दै यसलाई नियन्त्रण गर्ने ब्यावसायीहरु नै लाग्नु पर्ने वक्ताहरुको भनाई थियो । होटल ब्यावसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले होटल ब्यावसायीहरुले अबैध काम गरे त्यस्ता ब्यावसायीहरुलाई कार्वार्ही हुने वताए ।

हामी इटहरीलाई बदनाम हैन पर्यटकहरुको हब बनाउँन चाहान्छौ कसैले अबैध काम गरे आजैबाट छोड्नु होस अध्यक्ष पराजुलीले थपे । होटलमा स्वइच्छाले आएको जोडी बस्न पाउँने,यौनधन्दा बन्द गरीनु पर्ने,होटलमा अनिवार्य परिचय पत्र राख्नु पर्ने,राती १० बजे सम्म होटल खोल्न पाउँने ,सिसि क्यामरा अनिवार्य जडान गरीनु पर्ने होटल ब्यावसायीको छाप सहितका् अधिकारी रजीष्टर हुनु पर्ने ,शकांस्मक ब्यक्तिलाई निगरानी राख्नु पर्ने, विदेशी पाहुना ढिलो आएमा प्रहरीलाई खवर गर्नु पर्ने ,होटल ब्यावसायी संघमा दर्ता नभएको होटलहरु अनिवार्य दर्ता गरीनु पर्ने निर्देशन जारी भएको छ अध्यक्ष पराजुलीले भने ।

होटल ब्यावसायी महासंघका प्रदेश नम्वर एकका संयोजक मणिन्द्र कटुवालले प्रहरीले इटहरी होटल ब्यावसायीहरुले इटहरीका लागी अबैध कार्य गर्ने नहुने भन्दै पछिल्लो समयमा इटहरीको होटल ब्यावसाय पनि ब्यवस्थीत भईसकेको वताए । अहिले इटहरीको होटल ब्यवासायमा अबैध धन्दा हटिसकेको भन्दै यस्ता ब्यावसाय नगर्ने उनको निर्देशन थियो । पर्यटकहरुलाई आकर्षित गर्ने हिसाबले इटहरीको होटल ब्यावसाय सञ्चालन भईरहेको कटुवालको दावी छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले पछिल्लो समयमा होटलमा यौनधन्दा घट्दै गईरहेको भन्दै इटहरीको होटल पर्यटकमैत्री बनाउँन ब्यावसायीहरुलाई आग्रह गरे । डिएसपी राउतले भने इटहरीलाई राम्रो बनाउँन इटहरीकै होटल ब्यावसायी लाग्नु पर्छ । होटलमा अबैध धन्दा गरे कसैलाई पनि नछोडिने भन्दै सुध्रन बाँकी होटल सञ्चालकहरु पनि सुध्रनुहोस उनले भने । होटलहरुमा ब्यावसायीहरुले ब्यावस्थीत गरेर सञ्चालन गर्नु पर्ने वताए । केहि वर्ष अगाडी सम्म बदनामीत इटहरी विगत ३ वर्ष देखि सुध्रदै गएको छ ।