काठमाडाै । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएर काठमाडाै अाइपुगेकाे छ ।
मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना समेत गरिसकेकाछन् ।
मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सल्ट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन् ।
सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराइसकेको छ । चक्रपथमा साढे २८ किलोमिटर लामो डबल ट्याकको मोनोरेल निर्माण गर्ने योजनामा प्रधानमन्त्री सकारात्मक देखिएको बताइएको छ । यसको लागत ८० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।