दुहवीर/ दुहवी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु विच बजेट फर्सोटको विषयलाई लिएर कुटाकुटको घट्ना उपमेयरले माफ मागे पछि साम्य भएको छ । नगरपालिकाको विकास निमार्ण अनुगमन समितिको संयोजक उप–मेयर सुनिता दाहाल(साह)लाई तत्काल कार्यपालिकाको बैठक बसेर समितिबाट समेत हटाईएको छ ।
दुहवी ५ मा रहेको खेल मौैदान पुर्ने नगरपालिकाले छुट्याएको ८ लाख रुपैयाँको माटो पुर्ने उपभोक्ता समिति मार्फत काम गरेको थियो । शुत्रवार वडानम्वर ५ का वडाअध्यक्ष रमेश रौनीयार ,समितिका पदाधिकारी,सस्दय कृष्ण योञ्जनले नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाह विच भएको विवाद बढ्द जादा हातहालाहाल भएको थियो ।
दुहवी ५ का वडा अध्यक्ष रमेश रौनियारले र कृष्ण योञ्जन हामी उमपेयरको चेम्वरमा जादा कृष्ण र अन्य पदाधिकारीहरुलाई हातपात गरेको वताए । उपमेयरका श्रीमान आएर जथाभावी गदै हातपात गरेको कारण नगरपालिका तनाबग्रस्त हुन पुगेको वताए । हामी माथी उपमेयरले नकरात्मक ब्यावहार गरेको थिईन माफि मागेर कुरा मिल्यो वडाअध्यक्ष रौनियारले भने ।
यता वडासदस्य कृष्ण योञ्जनले पनि उपमेयरले हातपात गरेको वताए । उपमेयरका श्रीमान आएर हामीलाई तथानाम गाली गद हातपात गरिन योञ्जनले भने । सामान्य विषयमा नगरपालिकामा उपमेयरका श्रीमान आएर तथानाम गरेको उनको भनाई थियो । हाम्रो केहि गल्ती थिएन योजना फर्सोटको विषय उपमेयरले हामीमाथी हातपात गरीन उनले थपे । दुहवी नगरपालिकाका मेयर बेद गच्छदारले अनुगमन समितिलाई तत्काललाई निष्कृय गरीदिएको वताए । दुई पक्ष विवादले नगरपालिका बदनाम भएको कारण समस्या भएको वताए ।
उपमेयरले वडाअध्यक्ष र सदस्यहरु सँग माफी माग पछि मिलेको वताए । कार्यपालिकाको बैठक पनि तत्काल बोलाएको थिए जनप्रतिनिधिहरुको झगडा बाहिर नलौजाउँ भने पछि मिलेको उनको भनाई थियो । यता उपमेयर शाहले भने आफुलाई अनुगमन समितिबाट हटाउँन पहिला देखि नै प्रपञ्च भएको वताईन ।