सुनसरी/ सुनसरीको इटहरीका उपभोक्ताले अनलाइनमार्फत महसुल भुक्तानी गर्न सुरु गरेका छन्। भुक्तानी सेवा प्रदान गर्न अनुमति पाएको ई-सेवा कम्पनीले इटहरीमा काउन्टर राखेपछि अनालाइन भुक्तानी सुरु भएको गरिएको हो ।
अनालाइनबाट भुक्तानी दिनसक्ने भएपछि ४० रुपैयाँको महसुल तिर्न ५० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता हटेको इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ताका अध्यक्ष रामप्रसाद चौलागाइले बताए।
यसअघि, ई-सेवाले भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, कास्कीको लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानीका उपभोक्ताले अनलाइनबाट भुक्तानी गर्न पाउँने गरी व्यवस्था मिलाइएको थियो।
त्यस्तै, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महसुल तिर्न सकिने सुविधा मिलाएको थियो।
खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेसनबाट गर्न सकिने ई-सेवाले जनाएको छ। त्यस्तै, उपभोक्ताले आफ्नो मोबाइल तथा इन्टरनेटबाट महसुल भुक्तानी गर्न सक्ने जानकारी गराइएको छ।