भरौल । नब्बे वर्ष पुगेकी हजुरआमाले अहिले सम्म विरामी भएर औषधी खानु परेको छैन भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । तर यो पुस्ताले विश्वास नै गर्ने नसक्ने सुनसरी वराहक्षेत्र नगरपालिका ३ भरौलकी नब्बे वर्षिय पवित्रा पुरी ज्यूदो प्रमाण हुन । नब्बे वर्ष पुगेको उनको स्वास्थ्य आर्ध वर्षिय महिलाको भन्दा कम छैन ।
[caption id="attachment_77396" align="aligncenter" width="480"] तस्विरः नब्बे वर्षिय हजुर आमा मकै केलाउँदै[/caption]१९८४ सालमा सोलु जिल्लाको ज्यामेरेमा जन्मेकी पवित्रा अहिले पनि कुनै आधाबैशे महिला भन्दा कम फुर्तिलो छैनन् । कुनै रोग समेत नभएको उनी विहान वेलुका खाना पकाउँनुका साथै घरधन्दा धान्दै आएको छिन । वसाईसराई पछि भरौल आएर झाडापखलाको एक पटक औषधी खाएको बाहेक उनका मुखमा औषधी नपरेको उनी वताउँछिन । घरमा घरधन्दा मात्र हैन अझै पनि घरमा पालेको गाईवस्तुको स्याहारसुसार समेत गर्ने गर्छिन ।
सन्तानको रुपमा ५ छोरा, ५ छोरी,नौ जना नातीनातिना आठ पनाती। पनातीनी भईसकेको पवित्रा अहिले जंगलबाट घाँस दाउँरा वोक्नु वाहेकका सबै काम सहज रुपमा गर्ने गरेकि छिन । कुनै रोग नभएको वताउँने उनी भन्छिन् भगवानले अहिले सम्म कुनै रोग लाग्न दिएका छैनन् । रोग लागेर अहिले सम्म औषधी खाएको छैन ,खानु पनि नपरोस भन्ने लाग्छ उनी हास्दै भन्छिन् । अहिले पनि सबै काम गर्ने सक्ने हिम्मत हराएको छैन पो उनले जोश देखाउँदै भनिन् ।
सोलु ज्यामेरामा १० पुगेर ११ टेके लगातै खोटाङ वादेलका बलराम पुरी सँग विवाह गरेको वताईन । सानै थिए विवाह गरे पछि जानै पर्यो उनले मुस्कुराउँदै पुरानो याद कहिन । त्यती वेलाको जमनानै त्यस्तै थियो उनले थपिन् । मेरो सन्तानलाई रोग लाग्यो तर मलाई अहिले सम्म कुनै रोग छैन नानी उनले भनिन् । मैले पहिला गाउँमा जडीवुटी वाहेकका किनेर खाने औषधी अहिले सम्म खाएकी छैन । दशै लगायतका चाडवार्डमा आर्शिवाद थाप्नेहरुको घरमा घुईचो नै हुने गर्छ । करीब २ सय भन्दा बढिले प्रत्येक वर्ष उनका हातबाट टिका थाप्छन ।
खानामा रोग छ अहिलेका बच्चाहरु जन्मे देखिनै रोगले च्याप्नु थाल्छ । रोगबाट बच्न आगर्निक खानानै खानु पर्ने पवित्राको तर्क छ । क ख रा सम्म नपढेकी उनले अहिले खानामानै रोग भएको तर्क गर्छिन । आफ्नो बारीमा फलेको आर्गनिक खाना खाए रोगले हतपत नच्याप्ने उनको अनुभव छ ।
अहिले पनि गाईवस्तु पालेर वसेको उनी भन्छिन् दुघ दही सँग आफ्नै बारीमा फलेको धानको चामल खानको लागी राम्रो हुन्छ । बजारमा किनेको चामलको स्वाद सम्म राम्रो नहुने भन्दै आफ्नै बारीको फलफुल र तरकारी खान योग्य भएको उनको भनाई छ ।
कसरी रहने स्वास्थ्य ? अहिले धेरैको ध्यान स्वास्थ्यमा नै केन्द्रित हुन्छ । अहिलेका मानिसलाई धेरै जसो रोग लाग्नुको कारण खानपान सँगै जिवनशैली खराब भएको नब्बे बर्षिय हजुरआमाको तर्क छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ भन्ने उखानै पनि छ । पहिला पहिला हामीले धेरै काम गर्ने गरिन्थ्यो । अहिलेका पुस्ताहरु काम गर्ने लजाउँछन् मान्दैनन् । स्वास्थ्य रहन श्रम गर्नु पर्छ श्रम गर्ने कोहि मान्दैनन् उनले भनिन् ।