धरान/धरान उपमहानगरपालिका र विजयपुर दरबार परिषर सरंक्षण संघर्ष समिती विच मङगलबार पहिलो चरणको वार्ता भएको छ । संघर्ष समितीका सदस्य सन्तोष कुरुम्वाङको संयोजकत्वमा रहेको वार्ता टोलि र उपमहानगरपालिकाका सँग वार्ता गरेको थियो ।
उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख तारा सुब्बा,उपप्रमुख मञ्जु भण्डारी,नगर कार्यपालिकाका प्रबक्ता तथा २० नम्बर वडाका वडाध्यक्ष मणिराम राई तथा धरान १५ का वडाध्यक्ष नरेश इवारम वर्तामा सहभागि भएका थिए ।
धरान उपमहानगरपालिकाले धरान–१४ स्थित विजयपुरमा निर्माण गर्न लागेको विजयपुर सव सिस्टम अन्र्तगतको खानेपानी टंकीको विषयमा समितीले असन्तुष्टिल ब्यक्त गर्दै आन्दोलन गरेपछि उपमहानगरपालिकाले सोमबार समितीलाई वार्तामा आउन पत्राचार गरेको थियो ।नगर कार्यपालिकाका प्रबक्ता मणिराम राईले समितीको मागहरुका बारेमा जानकारी लिने काम भएको छ ।
उक्त स्थानमा खानेपानी टंकी निर्माण गर्नु हुदैन भन्ने उहाँहरुको बटमलाई थियो प्रबक्ता राईले भने ‘हामीले त्यस विषयमा पुर्नबिचार गर्न आग्रह गरेका छौ’ । वार्ता र सम्बादबाट समस्याको समाधान गर्न पुनः वार्ता र छलफललाई अगाडी बढाउने गरि वार्ता टुङगिएको छ उनले भने ।