केहि दिन अगाडि चलचित्र ‘लिलिबिली’को एउटा गीत रिलिज भयो । गीत रिलिजको अवधिभर नायिकाद्धय प्रियंका कार्की र जसिता गुरुङविच कुराकानी नै भएन ।
जसिता र प्रियंकाले एक अर्कालाई समेत हेरेनन् । यी दुइको यो व्यवहारले धेरैलाई लाग्यो, यी दुइविच बोलचाल नै छैन ।
चलचित्रकी मुख्य नायिका जसिता हुन् । चलचित्रमा उनको र प्रियंकाको विचमा कुनै पनि दृश्य छैन । यी दुई नायिकाविच के बोलचाल छैन होला ? हामीले यो प्रश्न प्रियंकालाई सोध्यौ । उनले भनिन्-‘जसिता मेरी बहिनी जस्ती हुन् । उनी र म कार्यक्रममा पार्किङदेखि सँगै आएका हौ । फर्कदा पनि सँगै नै गयौ ।’
यी दुइको केहि तस्बिर पनि प्राप्त भएको छ । जहाँ, यी दुई एकअर्कासँग गफिदै रमाइलो गरिरहेका छन् । पार्किङबाट एकसाथ आएका यी दुई नायिका कार्यक्रममा भने किन नबोलेका होलान् ? यो भने सबैको मनमा कौतुहलताको रुपमा नै छ ।