विराटनगर/ मोरङको जहदा गाउँपालिकाको वडा अध्यक्षले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै यहाँका स्थानिय र बाढी पीडित विरोधमा उत्रिएका छन् ।
जहदा गाउँपालिकाका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवले वास्तविक बाढी पीडितहरुलाई राहत रकम नदिएर कमिशनका लागी आफुुखुुशि रकम वितरण गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।
स्थानिय बाढी पीडितहरुले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी वडा अध्यक्ष यादवले सरकारले बाढि पीडतलाई दिएको रकम आफनो नातापर्ने र कार्यकर्ताहरुलाई वितरण गर्ने गरेको आरोप लगाएका छन् । कमिशन लिएर राहत रकम पाउने सुचि बनाएको भन्दै उनीहरुले सत्य तथ्य छानविन गर्न माग समेत गरेका छन् ।
‘पूर्ण रुपमा छती भएका बाढी पीडितले राहत रकम अहिलेसम्म पाएको छैनन्,’ स्थानिय शिवेन्द्र राजवंशीले भने, ‘वडा अध्यक्षले मनोमानी र कमिसनको चक्करमा पर्दा पूर्ण रुपमा क्षती भएकोले पाउनुपर्नेमा आकंशिक क्षती भएकोले राहत पाएका छन् ।’
एकै परिवारका ५ जना सम्मको नाममा रकम आउनु, सर्बदलिय बैठकले पुर्ण र आशिंक क्षती भएको भनि सिफारीस गरेको भन्दा बाहिरका ब्यक्तिको नाम राहत पाउने सुचिमा हुनु, विवाह गरेर भारत गएकी छोरीको नाम सिफरीस गर्नु र सय जना भन्दा बढीको नाम पुर्ण र आशिंक क्षती दुबै सुचिमा राखेर अनियमिता गरेको उनीहरुले आरोप लगाएका छन् ।
स्थानीयले राहत रकम २५ हजार रुपैयाँ पाउनेले पनि १० हजार रुपैया सम्म कमिशन बडा अध्यक्ष यादवले मागेको आरोप उनीहरुले पत्रकार सम्मेलनमा लगाए । गत साउनको अन्तिम साता आएको वाढिवाट क्षति भएकाको राहतका लागी नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो । सरकारले पूर्ण रुपमा क्षति भएका बाढी पीडितका लागि २५ हजार रुपैयाँ दिदै आएको छ ।
जहदा गाउँपालिकाको १ वडामा ५ सय २ परिवार पूर्ण रुपमा क्षति भएको बाढी पीडित रहेको वडा कार्यालयमा अभिलेखमा देखिन्छ । अघिल्लो सोमबादेखी बाढी पीडितलाई राहत रकम वितरण गर्न सुरु गरेको यस वडामा १ सय ५० बाढी पीडितलाई राहत रकम वितरण गरेको बताइएको छ । राहत रकममा अनियमितता भएको भन्दै छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत चैत्र ९ गते निवेदन दिएको स्थानिय बावुराम राजबंशीले जानकारी दिए ।
यता जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवले भने निष्पक्ष रुपमा बाढी पीडितलाई राहत रकम वितरण गरेको बताए । ‘१ नम्बर वडाबाट ७ सय २६ घर पूर्ण रुपमा क्षति भएको भनी तथ्याङ्ग पढाएको हो,’ अहिले ५ सय २ घरको लागि राहत रकम आएको छ ।’ माथिबाट आएको राहत रकम बाढी पीडितलाई बोलाएर नै वितरण गर्दै आएको उनले बताए । जनप्रतिनिधीहरुलाई फसाउने नियत राखी केही व्यक्तिहरु लागि परेको वडा अध्यक्ष यदावको भनाई छ ।