तरहरा/ चैत्र १ बाट सरकारले २० वर्ष पुराना सार्वजनिक (कालो र निलो नम्वर प्लेटका) सवारीसाधन गुडाउन प्रतिबन्ध लगाए सँगै एक नम्वर प्रदेश थोत्रा गाडी खोज्ने अभियान सुरु भएको छ । २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो प्रतिबन्ध लगाए सँगै ३१ वटा थोत्रा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
[caption id="attachment_78169" align="aligncenter" width="810"] फाइल तस्वीर[/caption]‘२० वर्ष पुराना गाडीको रूटपरमिट र दर्ता नवीकरण म्याद सकिएकाले अब ती गाडी सडकमा गुडाउनु गैरकानुनी भएको कारण अब थोत्रा गाडी सडकमा निकाल्न पाइँदैन क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रमुख एसपी राजकुमार लम्सालले वताए । पुरानो गाडीले दुर्घट्ना निम्त्याएको कारण अहिले प्रदेश एकमा थोत्रा सवारी साधनहरु पक्राउ गर्ने अभियान सुरु भएको छ उनले भने । पक्राउ गरी हामी यातायात कार्यलय पठाउँछौ कर चुक्ता गरी सवारीधनीलाई स्क्रयाप (पत्रु) गराउँने उनको भनाई थियो ।
कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता गाडीहरु कुदिरहेका थिए हामी त्यस्तालाई नियन्त्रणमा लिदै छौ उनले लम्साले भने । सडकमा थोत्रा गाडी घाडो भईरहेको तर्क गदै लम्सालले भने दुर्घट्ना हुने अधिकांस सवारी थोत्रा हुन्छन् भन्दा फरक पदैन । हामी पुरानो गाडी नियन्त्रणमा लिने अभियानमा तिब्र रुपमा लौजादै छौ एसपी लम्सालले भने ।
कोशी अञ्चल यातायात कार्यलय सवारीका निमित्त प्रमुख भुपेन्द्र राईले सरकारको निर्णयअनुसार २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने यातायात वताए । अहिले आफुहरु ट्राफिक सँग समन्वय गरी थोत्रा सवारी खोज्दै छौ राईले भने । अहिले प्रत्येक ४ । ४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण नगरीने भन्दै यस्ता सवारीलाई पत्रु बनाउँन निर्देशन दिईसकेको उनको भनाई छ । २० वर्ष पार गरेका सार्वजनिक सवारीलाई कुनैपनि सरकारी कागजातका प्रक्रिया अघि बढाउने र रोडमा चल्न पाउँने छैन त्यसपछि व्यावसायीले यस्ता सवारी नहटाई सुखै हुनेछैन राईले थपे ।
कवाडीमा बेच्नुपर्ने सार्वजनिक सवारी अहिले रोडमै गुडिरहेको छ । यस्ता सवारी बढीजसो विद्यार्थी, कर्मचारी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न रहेको अनुमान छ । ‘पुराना गाडीले प्रदुषण बढी हुन्छ, तेल बढी खान्छ, मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्छ भने यसले यात्रुको असुरक्षा पनि बढाएको छ,यातायात कार्यलयका इन्जिनियर गोपी बोहोराले भने । पुराना गाडीहरुको इन्जन र पार्टपूर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ बोहोराको भनाई थियो ।
कालो प्लेटको सवारीसाधन अर्थात् भाडामा प्रयोग हुने सवारीसाधन धेरै गुड्ने र त्यसले प्रदूषण फैलाउने तथा पुरानो सवारीसाधनमा दुर्घटनाको खतरा बढी हुने इन्जिनियर बोहोरा भन्छन् । उनको तर्क पुराना सवारी हटाउँने हो भने दुर्घट्ना न्युनिकरण पनि हुने पक्का छ । थोत्रा गाडीहरु नियन्त्रणमा लिई पत्रु बनाउँने कार्य तिब्र गतिमा हुन थालेको उनको भनाई थियो ।
पछिल्लोे समयमा थोत्रा वस नियन्त्रण गर्ने नियम आए सँगै थोत्रा वसहरु विद्यार्थी बोक्ने स्कुल, बस, भ्यान हुन थालेको पाईएको छ । विद्यार्थी वोक्ने अधिकांश सवारीसाधन थोत्रासमेत भइसकेको यातायात कार्यलय स्वयम स्वीकार गर्छ तर अनुगमन गरी कार्वार्ही भन गदैन् । त्यस्तै अधिकांस सरकारी कार्यलयका गाडीहरु थोत्रा भईसहेका छन । सरकारले आफ्नै थोत्रा सवारीसाधन विस्थापन गर्नुपर्छ । अनि मात्र प्रदूषण नियन्त्रण र सुरक्षाको कुरा गर्न सुहाउँछ हैन र ?