इटहरी नेपाल तरुण दल सुनसरीको पहलमा इटहरीका बाढी पीडित भएका २० परिवारलाई शौचालय निर्माण गरिएको छ । इटहरी–३ सुनौलो वस्तीका बाढी पीडितहरुलागि तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङको पहलमा २० परिवारलाई शौचालय निर्माण गरिएको हो ।

निर्माण गरिएका शौचालयको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शौचालय निर्माणमा सहयोग गर्ने सफा सुनौलो नेपाल तथा अमेरिकी संस्था लेटर–डे सेन्ट ट्रष्टको सहयोगमा शौचालय निर्माण गरिएको हो । गत साउनमा आएको बाढीले क्षति पु¥याएको स्थानमा खाद्यान्न लगायतका सामाग्री प्रदान गर्दै आएको तरुण दल सुनसरीले बाढी पीडितहरु स्थापित गर्न शौचालय निर्माणको पहल गरेको तरुण दल सुनसरी अध्यक्ष सिजन गूरुङले बताए । तरुण दलको पहलमा २० घर परिवारलाई शौचालय बनेको जानकारी दिदै इटहरी ३ का वार्ड अध्यक्ष बालकृष्ण विष्टले वार्ड तथा इटहरी उपमहानगरपालिकाको पहिलमा ४० वटा शौचालय निर्माण गरिएको छ । अझै १५–२० घर परिवारलाई शौचालय बनाउन बाँकी रहेको विष्टले जानकारी दिए ।

शौचालय हस्तान्तरण कार्यक्रममा अमेरिकी संस्थाका प्रतिनिधी थोमस पोखप र एली पोखप, सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमाल, इटहरी ३ का वार्ड अध्यक्ष बालकृष्ण विष्टसहित स्थानीय अगुवा तथा वस्तीवासीको उपस्थिती रहेको थियो ।