काठमाडौं/ मन्त्रीपरिषद् बैठकले जिल्ला शिक्षा कार्यालयहरु आगामी असार मसान्तसम्म यथावत् राख्ने निर्णय गरको छ । स्थानीय शासन संचालन ऐन लागू भएपछि यही चैत २८ गतेपछि जिशिकाहरु खारेज हुने अवस्था थियो ।
हाल जारी रहेका परीक्षाको संचालन तथा चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको काम बाँकी रहेकोले तत्काल जिशिका यथावत् राख्ने सरकारले निर्णय गरेको हो ।