भद्रपुर । पछिल्लो समय बजारमा आएको ओल्ड दरबार ब्लाक चिम्नि नामक रक्सीमा अखाद्यवस्तु मिसावट गरि बजारमा बिक्रीवितरण हुदै आएको फेला परेको छ । यति डिस्ट्रीलरी प्राली चितवनवाट उत्पादित अखाद्यवस्तु मिसाएको रक्सीको वोतल झापामा फेला परेको हो । केहिदिन अघि झापाको विर्तामोड बजारको कुनै एक पसलवाट खरिद गरिएको रक्सी प्रयोग गर्ने क्रममा बोतलभित्र छोक्रा छोक्रासहित लेदो वस्तु फेला परेको थियो । अखाद्य वस्तु फेला परेपछि उपभोक्ताले पसलमा फिर्ता दिएका थिए । बोतलमा अखाद्यवस्तु राखेर बजारमा पठाइनु उद्योगको लापर्वाही भएको उपभोक्ताले आरोप लगाएका छन् । यस प्रकारका अखाद्यवस्तु हालेर बजार पठाउनु उपभोक्तामाथि उद्योगले खेलवाड गरेको उनले जनाए । बजारमा भोली पसल बदनाम हुने भएकोले नाम नलेखीदिन बिक्रेताले अनुरोध गरेका छन् । साढे ७ सय एमएलमा उत्पादन भएको रक्सीको बजार मूल्य २६ सय ४५ लेखिएको छ । बजारमा अहिले सम्म त्यस्तो अखाद्य वस्तु फेला नपरेको पूर्वाञ्चल प्रमुख विमल श्रेष्ठले दाबी गरे । बोतल उपलब्ध गराउन अनुरोध गर्दै रक्सीलाइ परिक्षणको लागि प्रयोगशाला पठाइने श्रेष्ठको भनाइ छ । परिक्षणको आधारमा मात्र थप कुरा भन्न मिल्ने उनले बताए ।