भद्रपुर ।सीमा क्षेत्रमा खटिएका प्रहरीले निकासी पैठारीलाई नियन्त्रण नगरेपछि जिल्लामा खटिएका साधा पोशाकका प्रहरीले सामान बरामद गरेका छन् । झापाको दक्षिणी सीमा क्षेत्र केचनावाट प्रहरीले ठुलो परिणाममा भन्सार छलेको सामान बरामद गरेपछि सो क्षेत्रका प्रहरीको प्रश्न चिन्ह खडा भएको हो । जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार भारतवाट भन्सार छली तिनवटा मोटर साइकलमा राखेर नेपाल भित्र्याउदै गरेको गोप्य सुचनाको आधारमा गएको प्रहरीले कचनकवल ४ मा शुक्रबार विहान तिनवटा मोटरसाइकलसहित अन्दाजी पाँचलाख मूल्य बरावरको सामान बरामद गरेको जनाएको छ । प्रहरीले बरामद गरेको सामानमा मोटरपार्टस,हाडवेयर,सुर्ती रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जनाए । सामान तस्करीमा प्रयोग भएका मे४प ९४७९ , मे२प ६४०६ र मे६प ३८०९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको एसपी केसीले जानकारी दिए । नियन्त्रणमा लिएका प्रत्येक मोटरसाइकलको ५० हजारका दरले डेढलाख र बाँकी सामानको को गरि अन्दाजी पाँचलाख मूल्य कायम गरि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको प्रहरी कार्यालय झापाले जनाएको छ । सामान बरामदको विषयमा केचना प्रहरीका सई विनोद घिमिरेलाई जानकारी गराउदा हामीले नभई जिल्लावाट आएको घुमुवा प्रहरीले बरामद गरेको जवाफ दिएका छन् । यता जिल्लाका एसपी केसीले सीमामा राखिएका प्रहरीले काम नगरेका कारण जिल्लावाट टोली पठाउनु परेको बताए । झापाम तस्करी बढेसगै जिल्ला तथा संघीय प्रहरी इकाइका प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएका छन् ।