काठमाडौं । उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ ।

काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाइएको हो ।

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वा्चित भएका थिए । उनी मेयर निर्वा्चित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।

यो फैसला २८ फागुनमै भएको भए पनि अहिले मात्रै सार्वजनिक भएको हो ।

रजिष्टार बाबुराम दाहालका अनुसार २० वर्षको जन्मकैद सजाय तोकिएको भए पनि न्यायधिशले १५ वर्ष कैद गर्दा पुग्ने भनेर राय व्यक्त गरेका छन् ।

यस विषयमा मेयर कुशवाहसँग जिज्ञासा राख्दा उनले आफूलाई फैसला बारे थाहा नभएको बताए ।