इटहरी/ प्रदेश एकको केन्द्रविन्दु इटहरी चौक अहिले सुन्दर देखिन्छ । शनिबार इटहरीका सामाजिक संस्था बुल्स इलेभेन क्लब इटहरीले इटहरी चौक तथा आसपासका क्षेत्रमा रंङरोगन गरेर सुन्दर बनाएका हुन् । शनिबार युवाहरुको एक जमातले इटहरी चौक सफा गदै गर्दा इटहरी चौक हुदै आवतजावत गर्दा हेरौ हेरौ लाग्ने भएको छ ।
इटहरीको बुल्स इलेभेन क्लब जसले लामो समय देखि सामाजिक काम गदै आएको छ । शनिवार दर्जनौको संख्यामा आएको युवाहरु भन्दै थिए इटहरी सफाई गर्ने अभियानमा हाम्रो दायित्व देखाउँन अभियान सुरु भएको छ । क्लबका अध्यक्ष सामाजिक अभियानता पूर्ण राईले आफुहरु लामो समय दख इटहरी आसपासका क्षेत्र सफा गर्ने अभियानले निरन्तरता पाउँने बताए ।
समाजका विकृति फाल्दै सकरात्मक सोच परिवर्तन गर्ने युवाहरुलाई सामाजिक काममा सहभागी गराउँदै आएको अध्यक्ष राईको भनाई छ । हामी इटहरीलाई सफाचट बनाउँन चाहान्छौ उनले भने । हामी इटहरी चौकमा सेल्फी खिच्नका लागी हैन अरुलाई सेल्फी खिचुमखिचुम लाग्ने ठाउँ बनाउँन अहिले लागी परेको छौ राईले थपे । इटहरीका अशोकका विरुवा तथा फलामे बारमा रंङरोगन गर्ने काम गरीरहेकोे उनको भनाई छ ।