प्रदेश नं १ को एक मात्र महानगर बिराटनगर महानगरपालीका र व्यापारीक केन्द्रको सहर मानिएको इटहरी उपमहानगर संग प्रत्यक्ष सिमाना जोडीएको नगरहो सुन्दरहरैचा नगरपालीका । साबिकको सुन्दरदुलारी र कोशिहरैचा नगरपालीका मिलेर सुन्दरहरैचा नगरपालीका नामाकरण भएको हो । जुन नगर क्षेत्रफलको हिसाबमा बिराटनगर र इटहरी भन्दा ठुलो मानिन्छ ।
स्थानिय तहको निर्वाचन भए संगै हरेक नगरपालीकालाई स्मार्ट सिटी बनाउने आवाज उठ्न सुरुभएकोछ । स्थानिय जनप्रतिनिधिले स्मार्ट सिटी बनाउने प्रतिबद्धतापनि गरेका छन् । त्यहि प्रतिबद्धता बाट सुन्दरहरैचापनि बिमुख भएको छैन । जनप्रतिनिधि प्रति जनताको अथाह अपेक्षा हुँदा हुँदै पनि जनतालाइ राहत हुने, समाजको बिकाशमा टेवा पुग्ने के काम हुनसक्छन् भनेर छनौटहुन सकिरहेको पाइन्दैन ।
सुन्दरहरैचा पनि त्यहि समस्या बाट बिमुख छैन । सुन्दर हरैचा वास्तममै नाम जस्तै सुन्दर सम्भावनाको क्षेत्र मानिन्छ । ति सम्भावनालाइ पहिचान गर्न सके देखीने गरी सुन्दर बनाउन सकिन्छ ।
पुर्वाञ्चल बिश्वबिद्यालय शिक्षामा बिकेन्द्रिकरण गर्ने उद्येश्यले हरेक बिकाशक्षेत्रमा एक एक वटा बिश्वबिद्यालय हुनुपर्ने मान्यता बिकाश भयो । त्यसै अन्तर्गत पुर्वाञ्चल बिश्वबिद्यालयको सुरुवात भएकोहो । सुन्दरहरैचा नगरपालीका वडा नं ७ गोठगाँउमा ८ सय ५ बिगाह क्षेत्रमा फैलिएको पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यलय भने बिराटनगरबाट संचालन भइरहेकोछ । पर्याप्त भौतिक पुर्वाधार र जमिन हुँदाहुदैपनि बिश्वबिद्यालय चलायमान नहुनुले स्थानियलाई निराश तुल्याएकोछ ।
बारम्बार मेडीकल शिक्षा संचालन हुनुपर्ने र केन्द्रिय कार्यलय गोठगाँउमानै आउनुपर्ने माग नउठेको हैन । तथापी मेडीकल शिक्षा संचालनमा आउन सकेकोछैन । पुर्वाञ्चल बिश्वबिद्यालयमा मेडीकल शिक्षा लगायत एमबिए, एमपिए, बिएससी नर्सीङ्ग, बि फर्मा , एम फर्मा, बिबिए जस्ता बिश्वबिद्यालयले अनुमित पाएका बिषयहरुको कक्षा संचालन गर्न सके स्थानिय स्तरमा रोजगारीको नयाँ अवसर खुल्ने देखीन्छ । भने सुन्दरहरैचाको पहिचानमा नयाँ आयाम खुुल्ने स्पश्ट छ । जसको कारण स्थानिय स्तरमा मानब संसाधनको बिकाश र भौतिक बिकाशको नयाँपन देख्न सकिन्छ । त्यतिमात्रै हैन पुर्वाञ्चल बिश्वबिद्यालयलाइ अध्ययन केन्द्रको रुपमा समेत बिकाश गराउन सकिन्छ ।
हसीना सिमसार हसिना सिमसार आन्तरीक पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गइरहेकोछ । ५० हेक्टर भुभागमा फैलिएको हसिना सिमसारमा लोपोन्मुख प्रजातीका बन्यजन्तुको बसोबास हुनेगर्छ । बिबिध पाँचसय बढी प्रजातीका बोटबिरुवा पाइने यस क्षेत्रमा वनस्पती अध्ययन केन्द्र स्थापना गर्न सकिन्छ । भने बाह्रैमहिना एकनासले छागाको रुपमा बग्ने पानीलाई हिटि धाराको रुपमा बिकाश गर्न सकिन्छ ।
त्यस्तै केही पुराना पोखरी भएको तर काम नलाग्ने अवस्थामा पुगेकाले तिनै पोखरी लाइ बढाएर माछापालन तथा बोटीङ्ग गरेर दोहोरो फाइदा लिन सकिन्छ । त्यती मात्र हैन हाल संचालीत नाम मात्रको पिकनिक स्पर्टलाई ब्यवस्थित गर्न सके बार्षीक लाखौ रुपैया आम्दानी गर्न सकिन्छ । अथाह बन क्षेत्र भएकोले जंगल सफारीको पनि त्यतिकै सम्भावना रहेकोछ ।
गछीया खोला गछीया खोला पुर्वमा निर्माणको लागी आवश्यक बालुवाको लागी अत्यन्त्रै प्रचलीत मानिन्छ । मोरङ्गको उत्तरी सिमाना बाट सुनसरीको दुहबी र मोरङ्गको सुन्दरहरैचा नगरपालीकाको सिमाना सम्म बग्ने गछीया खोला पर्यप्त सम्भावनाको केन्द्र मानिन्छ । पुर्वाञ्चल बिश्वबिद्यालयको पश्चिम बाट गछीया बजार सम्मको करीब चार किलोमीटर क्षेत्रमा सिटी बोटीङ्ग संचालन गर्न सकिन्छ ।
भने गछीया बाट केराबारी गाँउपालीका सम्मको जल यातायातपनि संचालनमा ल्याउन सकिन्छ । सिटी बोटीङ्गको लागी पर्याप्त पानी भएकोले त्यसलाई व्यवसायीक बनाएर पर्यटन पर्वर्धनमा अर्को नयाँ कोर्षको सुरुवात हुने देखीन्छ । गछीया खोलाको बालुवा बाट धेरै सहरका महलहरु ठडीएकाछन् तर गछीया खोला झन्झन् कुरुप बन्दै गइरहेका अवश्थामा गछीया खोलाको तटबन्धन गर्नको लागी बालुवा संकलक र क्रसर संचालक लाइ करको दायरामा ल्याएर सिटी गार्डेनिङ्ग गर्न सके आन्तरीक आयमा वृद्धी हुने र सुन्दरहरैचाको सुन्दरता चुलिने सम्भावना देखीन्छ ।
बाघ झोडा सुन्दरहरैचा नगरपालीका वाड नं १० पर्ने बाघझोडा अहिले संरक्षण बिहीन अवस्थामाछ । करीब सात बिगाह क्षेत्रफल ओगटेको पोखरी र पाँच बिगाह क्षेत्रफल बराबरको जंगलको भुभागमा बाघ झोडा रहेकोछ । नेपालमा दुर्लब रुपमा पाइने कछुवा पनि यस पोखरीको बिशेषताहो । भने केही समय अगाडी समान्य उत्खनन्को क्रममा पुराना ढाल तरबार फेला परेकाले यहाँ अझै केही सामान हुन सक्ने आकलन गरीएकोछ ।
राजमार्ग बाट १ किलोमिटरको दुरीमा पर्ने बाघझोडा संरक्षण गर्नको लागी समिती बनेपनि काम केही हुन सकेकोछैन । तथापी यस स्थानको संरक्षण गर्नसके पिकनीक स्पर्ट बनाउन सकिन्छ । जहाँ अत्यन्तै ठुलो पोखरी भएकोले बोटीङ्ग संचालन गरेर आम्दानी गर्न पनि सकिन्छ । त्यती मात्र हैन पर्यटकको घुइचो भए संगै स्थानिय युवाहरु स्वरोजगार बन्ने त छदैछ । नगरपालीकाले पोखरी प्रवेश बाट केही शुल्क मात्र संकलन गर्योभने आन्तरीक आय बढ्ने देखीन्छ ।
संचालीत र संभावित रिसोर्ट सुन्दरहरैचा नगरपालीका लाइ स्थानिय पर्यटनको हबको रुपमा परीचित गराउन स्थानिय पर्यटन व्यवसायीको पहल कोशेढुङ्गा साबित हुदै गएको छ । केहि बर्ष अगाडी दिउसै जान डर लाग्ने ठाँउमा गोकुलम रिसोर्ट संचालनमा आए संगै दैनिक जाँउ जाँउ लाग्ने भएकोछ । जसको सफलता लाइ मध्यनजर गर्दै सुन्दरहरैचा ४ मा अर्को गोकर्ण रिसोर्टपनि संचालनमा आएको छ ।
जसले गर्दा दैनिक हजारौ स्थानिय पर्यटकको घुइचो लाग्ने गरेकोछ । रिसोर्टको माध्यम बाट पर्यटन व्यवसायको सुरुवात भए पनि त्यसको सामाजीक तथा आथीक प्रभाव उल्लेख्य रहेको छ । जहाँ सयौ सिटी सफारी चालकले गुजार चलाइरहेकाछन् । भने आसपासमा होटल व्यवसाय पनि राम्ररी चल्न सुरुभइसकेकाछन् । यसरी रिसोर्टको माध्यम बाट सुरुभएको पर्यटन व्यवसायलाइ अन्य स्थानमा पनि खोल्न सके स्थानिय रोजगारी वृद्धी हुने र आर्थीक उन्नती हुने निश्चित छ ।
उर्जाशिल लगानिकर्ता सुन्दरहरैचाको अर्को सुन्दर पक्ष भनेको त्यस स्थानमा बसोबास गर्ने उद्योगी व्यापारीको समाजप्रतिको चासो पनि हो । स्थानिय लगानीमा निर्माणधिन अत्याधुनिक सुबिधासम्पन्न सार्वजनिक शौचालयले सुन्दरहरैचाको नयाँ पहिचान स्थापित गर्ने पक्का छ । प्रदेश नं १ मानै पहिलो पटक बन्नलागेको सुबिधासम्पन्न शैचालयको कारण सुन्दरहरैचाले नयाँ कामको सुरुवात गर्र्र्दैछ । त्यसको जस स्थानिय उद्योगी व्यापारीलाइ जान्छ ।
स्थानिय लगानिकर्ताको समाजप्रतिको जिम्वेवारीपनले गर्दा सुन्दरहरैचाको मुहार थप सुन्दर हनेमा आशाबादी रहन सकिन्छ । हरेक नागरीकलाइ बिकाश निर्माण प्रति सचेत गराउने उनिहरुले खेलेको भुमिकालाइ कम आक्न सकिन्न । यसलाइ थप बढवा दिन स्थानिय सरकारले उद्योगी व्यापारीको सल्लाह र सहयोगमा समानान्तर बिकाशको अवधारणालाइ प्रोत्साहन गर्न सक्नुपर्छ । हरेक बिकाश निर्माणमा उद्योगी व्यापारीलाई अपनत्व महसुस हुने गरी सहभागी गराउनुपर्ने देखीन्छ ।
यो भन्दा बाहेक बाघझोणा, भुल्के जलाधार जस्ता जंगल र जलसारको धनि मानिएको यस क्षेत्रलाइ आम्दानीको श्रोत निर्माणगर्न सकिन्छ । उर्वर भुमी भएको नगर भएकोले कृषीमा युवाहरुलाइ आकर्षीत गर्न सकिने र युवा उद्यमशिलताको बिकाश गरी आन्तरीक आय र उत्पादन बढाउन सकिन्छ । उद्योग, कृषी र पर्यटननै सुन्दरहरैचाको पहिचान र समृद्धीका आधार हुन् । नगरपालिका क्षेत्रमा भएको श्रोत साधनको उचित उपयोग गरेमा आन्तरीक आम्दानीको वृद्धी हुनुको साथै स्मार्टसिटीको अवधारणाले मुर्तरुप पाउने देखीन्छ । जसको लागी स्थानिय जनप्रतिनिधिले चासो पुर्वक आम्दानी र पहिचानका श्रोतहरु पहिल्याइ त्यसको संरक्षण, सम्बर्धन र प्रचार प्रसार गर्न जरुरीछ ।