विजयपुर÷धरान नगर सरकारले कक्षा –८ को परिक्षाफल आईतबार प्रकाशन गरेको छ । स्थानीय सरकारले प्राप्त गरेको अधिकार प्रयोग गर्दै यो बर्षको कक्षा ८ को परिक्षा धरान उपमहानगरपालिकाले लिएको थियो । यस अघि यो परिक्षा जिल्ला शिक्षा कार्यालयले लिदै आएको थियो । आईतबार धरान उपमहानगरपालिका परिक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले गरेको निर्णयलाई नगर शिक्षा समितिले अन्तिम निर्णय गरेपछि आईतबार साँझ ५ बजे नतिजा सार्वजनिक गरिएको हो । कक्षा ८ को परिक्षामा धरानका निजि तथा सामुदायीक बिद्यालयका ३ हजार ९८ जना बिद्यार्थी सहभागि भएका थिए । शिक्षा समिति धरानका अध्यक्ष शंकर घिमिरेले यो वर्षबाट ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गरिएको बताए । नतिजा सम्बन्धित बिद्यालयमा सोमबार सम्ममा पठाईने र बिद्यार्थी आफ्नो नतिजा प्राप्त गर्न सक्नेसमितिका अध्यक्ष शंकर घिमिरेले जानकारी दिए । अब डि प्लस ल्याउने बिद्यार्थीले मात्र कक्षा ९ पढ्न पाउने उनले बताए । उनले धरानका २५ सामुदायीक बिद्यालय र ५८ निजी बिद्यालयका बिद्यार्थी सहभागि भएको घिमिरेले जानकारी दिए ।‘डी प्लास नआउने बिद्यार्थीका लागि मौका परिक्षा सञ्चालन गर्ने पनि शिक्षा समितीको आईतबार बसेको बैठकले निर्णय गरेको छ ।