पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा सावारी साधनको पार्किङ स्थलको समस्या देखा परेको छ ।
दिनप्रतिदिन सावरी साधनको चाप बढ्दै गएपछि पार्किङ स्थलको अभाव देखा परेको हो । अबेवस्थीत बजारीकरणका कारण सवारी साधन राख्ने स्थानको अभाव भए पछि ब्याबसाहीहरुको पसल अगाडी राख्नु परेको सवारी चालकहरुको गुनासो छ ।
बजारमा साना सवारी साधनहरु मात्रै बजारको बीच क्षेत्रमा पार्किङ गरेर राख्ने गरेको पाईन्छ । सागुरो सडकमा सवारी साधन रोकेर राख्दा अन्य सवारी साधनहरुलाई आवत जावतमा समस्या हुने भएकाले पनि यो समस्या बजार बिस्तार नभए सम्म हल नहुने उधोग बाणिज्य संघ साखा अध्यक्ष मेघराज निरौलाले बताए । लामो समय देखी बजारको बीचमा ३ मिटरको बाटो दिएर बाँकी रहेको सार्वजनिक क्षेत्र ब्याबसाहीले प्रयोग गरेकाले यस्तो समस्या आएको निरौलाको भनाई छ ।
गाउँपालिकामा साना ठुला सबै सवारी साधनहरु नियमित आवत जावत गर्ने गर्दछन् । तर ठुला सवारी साधनको हकमा पाकिङ स्थलको अभाब छ । उक्त सवारी साधनहरु केही मात्रमा बजारमा पाकिङ हुने गरेका छन । भने केही बजार बाहिर पाकिङ हुने हुदा असुरक्षित हुने सम्भावनाहरु बढेर जाने ब्याबसाहीहरुको गुनासो रहेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष भित्र बजार बिस्थार गरी बिध्यमान रुपमा रहेको अन्य समस्याहरुलाई हल गर्न भन्दै गृहकार्य गर्दै आएको छ । तर त्यसलाई कार्यान्वयमा ल्याउँन ढिलाई हुदा समस्या उस्तै रहेको छ ।
बजार बिस्तारको काम यही आर्थिक बर्ष भित्रै पुरा गर्ने लक्ष्य गाउँपालिकाले लिएकाले यो समस्या धेरै दिन नरहने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । बजार अबेवस्थीत हुदा तमोर लिफ्ट खानेपानी आयोजना र ढलनिकासको समेत ब्याबस्था गर्न नसकीएको भन्दै, यस्तो समस्या समाधान गर्न क्रमशः काम गर्दै जाने उनले बताए ।