विराटनगर/ संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालवावु पण्डितले, मन्त्री परिषदको निर्णय अनुसारनै सचिवहरुको सरुवा भएकाले यस विषयमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता नभएको बताए ।

विराटनगर विमानस्थला मंगलबार संचारकर्मीसंग कुरागर्दै मन्त्री पण्डितले आफुले चाहेको सचिव आफनै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताए ।

उनले सरुवा भएका सचिवहरु मन्त्रालयमा गएर काम गरि सक्नु भएकाले अव सचिबहरुको मन्त्रालय हेरफेर नहुने प्रष्ट पारे । उनले प्रधानमन्त्री प्रणाली अन्र्तगत विधि सम्वत रुपमा सचिवको सरुवा भएकाले यस विषयमा विवादगर्न नहुने बताए ।

स्थानिय निकायमा कर्मचारीको दरवन्दी पुरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको उनको भनाई थियो । उनले तीनतहको संचरचनमा कर्मचारीको आवश्यक परेकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको बताए ।

स्थानिय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको उनले बताए । उनले नयाँ संरचनाको दरवन्दी अनुसार कर्मचारी तोकिएकोको ठाउँमा जाने काम भइरहेको भन्दै तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निजमती ऐन अनुसार कार्वाही हुने बताए । कर्मचारीको माग भइरहेको वेला कर्मचारीलेपनी तोकिएको ठाउमा गएर सेवा पुर्याउनुपर्ने उनले बताए ।