विराटनगर/ धर्म गुरु बाल सन्त श्री निवासचार्यमाथि गोली प्रहार गर्ने अपराधिलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले माग गरेको छ ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी घटना भएको तीन वितिसक्दा पनि अपराधि पक्राउ नपरेको भन्दै उनीहरुले तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका हुन् ।
‘धर्म गुरु बाल सन्त श्री निवासचार्यको मार्ने योजना बुनेर अपराधि समूहबाट गोली प्रहार भएको छ,’ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को संयोजक दीपेन्द्र भण्डारीले भने, ‘घटनाको योजनाकार र अपराधिलाई तत्काल पक्राउ गरी कानुनी कठगरामा ल्याउनुपर्दछ ।’ उनीहरुले धर्मगुरुमाथि आक्रमण गर्ने अपराधिहरुलाई तत्काल पक्राउ गर्नु पर्ने भन्दै जिल्ला प्रसाशन कार्यालय मोरङमार्फत प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसमेत ज्ञापनपत्र बुझाएका छन् ।
यसैबिच संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालवावु पण्डितले समेत गोली लागेर घाइते भएका धर्मगुरु वालसन्त श्रीनिवासाचार्यलाई मंगलबार भेटेका छन् । भेटेमा मन्त्री पण्डीतले धर्मगुरुको स्वास्थ्य अवस्थावारे जानकारी लिएका थिए । आर्चायमाथीको गोली प्रहारको घटना अति निन्दनिय कार्य भएकाले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउगर्न प्रसासनलाई मन्त्री पण्डितले निर्देशन दिए ।
विराटनगर १४ जतुवामा आयोजना गर्ने तयारी गरिएको सप्ताह ज्ञान महायज्ञको अघिल्लो दिन आइतबार राति २ बजे अज्ञात समूहले गोली प्रहार वाट धर्म घाइते भएका हुन् । हाल धर्म गुरुको उपचार विराटनगरमा रहेको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।