पानवारी । एप्पल मनटेश्वरीले दोस्रो वार्षिकोत्सव तथा दिक्षान्त समारोह मनाएको छ । धरान–११ स्थित मन्टेश्वरीको प्रांगणमा सोमबार सम्पन्न भएको दिक्षान्त समारोहमा ५ जना विद्यार्थी दिक्षित भएका छन् । वार्षिकोत्व कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए । मन्टेश्वरीकी प्रिन्सिपल जुली लिम्बूले छोटो समयमा धेरै विद्यार्थीले माया गरेको भन्दै खुसी व्यक्त गरेकी थिइन् ।
अहिले मन्टेश्वरीमा ८० भन्दा बढी विद्यार्थी रहेको भन्दै अभिभावकहरुले आफुहरुलाई विश्वास गरिदिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् । दिक्षान्त समारोहको प्रमुख अतिथि ११ नं. वडाध्यक्ष बाबबुलाल लामा रहेका थिए भने कार्यक्रमको अध्यक्षता मन्टेश्वरीका निर्देशक दिपक साम्सोहाङले गरेका थिए ।