धनकुटा/ पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाख्रीवासमा यो शैक्षिक सत्र देखी शुरु भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय प्रदेश नं.१ कै पहिलो विश्व विद्यालय हुने बताएका छन् ।
पुर्व प्रधानमन्त्री प्रचण्डले मंगलवार पाख्रीवासमा कृषि तथा बन विज्ञान विश्व विद्यालय कृषि संकाय अन्तर्गत प्रकृतिक श्रोत व्यावस्थापन कलेजको उद्धघाटन तथा कलेजको भवन निर्माणको लागी शिल्यान्यास गर्दै यस्तो बताएका हुन ।
उनले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा देखी नै कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनाको लागी प्रयासरत रहेकोमा आज आएर सफल भएको बताए ।
पाख्रीवास नगरपालिका वडा नं.५ स्थित् पाख्रीवास कृषि अनुशनधान केन्द्र नजिकै ५ करोडको लगानीमा १ सय ५ रोपनी क्षेत्रफल भएको जग्गामा प्राकृतिक श्रोत व्यावस्थापन कलेजको स्थापना गर्न लागीएको हो ।
यसै शैक्षिक सत्र देखी संचालनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक श्रोत व्यावस्थापन क्याम्पसको भवन निर्माणको लागी शिलान्यास तथा उद्धघाटन एकै साथ गरेका हुन ।
पुर्व प्रधानमन्त्री प्रचण्डले धनकुटाको पाख्रीवास कृषि कलेज स्थापना भएर मात्र हैन, मध्यपहाडी लोकमार्गले छोएकाले भौतिक पुर्वाधारले मात्र नभै प्राकृतिक सुन्दरताको कारण पर्यटकिय स्थलको प्रचुस सम्भावना रहेको दावी गरेका छन् । उनले पाख्रीवास वजारमा खानेपानीको जटिल समश्या रहेको जनगुनासो जनप्रतिनिधिहरुवाट आएकाले आफु तत्काल वर्तमान सरकार र सम्वन्धित मन्त्रालयलाई धनकुटाको खानेपानी समश्या सामाधानको लागी आवश्याक कार्य थाल्न अनुरोध गर्ने पनि बताएका छन् ।
पुर्व प्रधानमन्त्री प्रचण्डले नेपालको इतिहाँसको अत्यान्तै जटिल मोडमा अहिलेका नेपाली जनता रहेकोले राजनितिक पार्टीहरुको एकताको कारण संघिय गणतन्त्र नेपाल घोषणा गरेर संविधानसभा मार्फत संविधान निर्माण गरेर तिनै तहका निर्वाचन गरेर कार्यान्वयन गर्न सफल भएको वताएका छन् ।
उनले संविधान कार्यान्वयनमा चुनौती देखिदा देखिदै सत्तापक्ष र प्रतिपक्ष सवैको प्रयासवाट लामो कालखण्ड पनि आएको गणतन्त्र नेपालको नयाँ संविधानलाई टेकेर तिनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गरेको बताएका छन् ।
उनले वि.सं. २०१९ साल देखी नेपालका कम्युनिष्ट पार्टीहरु छियाछिया भएको नभै नेपाली जनताको मन छियाछिया भएको थियो, अव कम्युतिष्टहरुको चाँडै एकता गरेर देखाउने बताएका छन् । उनले कम्युनिष्ट पार्टीहरुको एकतासंगै तराई, पहाड र हिमाललाई एक वनाएर आफु मर्नु भन्दा पहिले नै देशको समृद्धि र विकास गरेर देखाउने वताएका छन् ।
प्राकृतिक श्रोत व्यावस्थापन कलेज पाखीवासका क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष कृष्ण वहादुर कट्वालको अध्यक्षतमा सम्पन्न भवन शिलान्यास तथा क्याम्पस उमुद्धघाटन समरोहमा कृषि तथा बन विज्ञान विश्व विद्यालयका कुलपति प्रा.डा.इश्वरी प्रसाद ढकाल, प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई, पुर्व सांसद हेमराज भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन जयप्रसाद दत्त, प्रदेश सांसद इन्द्रमणी पराजुली, निरेन राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा प्राकृतिक श्रोत व्यावस्थापन कलेज पाखीवासका क्याम्पसका प्रिन्सिपल सर्यमणी ढुङ्गानाले क्याम्पसको भौतिक संरचना र अहिलेको अवस्थाको वारेमा जानकारी गराएका थिए । स्वागत मन्तव्य पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ख वहादुर राईले राखेका थिए भने कार्यक्रमको संचालन प्राकृतिक श्रोत व्यावस्थापन क्याम्पसका प्राध्यापक वुद्धिनाथ ढुङ्गानाले गरेका थिए ।