धनकुटा/धनकुटाका चैत्र २५ गते देखी जारी राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको मंगलवार सम्पन्न विभिन्न विधाको फाईनल खेलमा १७ स्वर्ण पदक सहित ५ रजत जितेर भानु मावि डाँडावजार जिल्ला प्रथम भएको छ । जिल्लाको २२ वटा विद्यालयहरुको सहभागिता रहेको कपर्टी, एथ्लेटिक्स, महिला, भलिवल, पुरुष भलिवल लगायत विभिन्न खेलमा नगद ५० हजार सहित १७ स्वर्ण पदक, ५ रजत पदक र ट्रफी जितेर राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा भानुमावी डाँडावजार जिल्ला प्रथम भएको हो ।

[caption id="attachment_79407" align="aligncenter" width="3264"] माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यालयका खेल शिक्षक उद्धव राई लगायत महिला भलिवल प्रतियोगितामा जिल्ला प्रथम हुन सफल छात्राहरु ट्रफी ग्रहण र प्रमाण पत्र ग्रहण गर्दै ।[/caption]

त्यसैगरी ३२ हजार नगद सहित ५ स्वर्ण पदक, ७ रजत र ५ काश्य पदक, ट्रफी जितेर कुरुलेतेनुपा माध्यामिक विद्यालयले दोश्रो स्थान हात पार्न सफल भएको छ । त्यसैगरी ९ हजार नगद सहित ४ स्वर्ण, ७ रजत र ६ काश्य पदक, ट्रफी जितेर गोकुण्डेश्वर माध्यामिक विद्यालयले तेश्रो स्थान प्राप्त गरेको छ । विजयी विद्यालयका छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राई, प्रदेश सांसद निरेन राईले मेडल, पदक, ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । विभिन्न विधाका प्रतियोगिता मध्ये भानु माध्यामिक विद्यालय डाँडा वजारले कपर्टी, एथ्लेटिक्स र पुरुष भलिवलमा जिल्ला प्रथम भएको थियो ।

त्यसैगरी गोकुण्डेश्वर माध्यामिक विद्यालय महिला भलिवलमा प्रथम, कपर्टीमा दोश्रो, पुरुष भलीवलमा दोश्रो स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी एथ्लेटिक्समा कुरुलेतेनुपा मावीका जोसिना मगर द्धितिय, कपर्टीमा गोकुण्डेश्वर माध्यामिक विद्यालय तृतिय, पुरुष भलिवन तर्फ वेष्ट प्लेयर आशिष मगर घोषित भएका थिए भने महिला भलिवल तर्फ वेष्ट प्लेयर हेमिना राई घोषित भएका थिईन । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतमा सम्पन्न राष्ट्रपती रनिङ्ग प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले विजयी विद्यालय एवं छात्रछात्रा खेलाडीहरुलाई वधाई ज्ञापन गरेका थिए । सो अवसरमा प्रदेश सांसद निरेन राई, एमाले नेता भिम राई, युवा नेता अर्जुन राई, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राई, मनोज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला खेलकुद विकास समिति धनकुटाको आयोजनामा सम्पन्न भएको हो ।