पथरी/ मोरङको कानेपोखरी –४ मा रहेको बयरवन स्वास्थ चौकीमा भएको विवाद दुई पक्ष विच मिलेपछि बिवाद टुङगीएको छ ।
स्वास्थ चौकीका इन्चार्ज कामेश्वर अधिकारी र कानेपोखरी गाउँपालिका प्रवक्त तथा स्वास्थ चौकीका संचालक समितिका उपाध्यक्ष सुशिल बुढाथोकी विचको विवाद मिलेको हो । दुई पक्षविच आइदा यस्तो आरोप प्रयारोप नगर्ने सर्तमा लिखित सम्झौता सहित विवाद मिलेको वडाध्यक्ष धनबहादुर राईले बताए । स्वास्थ चौकीकै भवनमा मदिराले मातेका स्वास्थ चौकीको इन्चार्ज अधिकारीलाई मापासे चेक गराउदा विवाद सुरु भएको थियो ।
२४ घण्टा प्रस्तुती सेवा रहेको स्वास्थ चौकीमा प्रस्तुती बारे स्वास्थ चौकी इन्चार्जसँग गत शनिबार राती ८ बजे बुझ्दा, प्रसुती बारे आफुलाई थाहा नभएको र २४ सै घण्टा डुउटीको तलब आफूलाई नभएको ठाडो जवाफ फोन बार्तामा भनेपछि ,प्रवक्त बुढाथोकीले पून तपाईले रक्सी पिउनु भाको छ भनेर सोध्दा इन्चार्जले खाएको छु, छुट्टीको समयमा खानु नहुने जवाफ दिएपछि बिरामी लिएर स्वास्थ चौकी पुगेका थिए ।
कानेपोखरी २ कालिस्थानका निम्न वर्गका भूमेश्वर राजवंशीको पत्नी २१ बर्षिय चन्दकला राजवंशी प्रसुती विरामी सहित राती नै स्वास्थ चौकी पुग्दा इन्चार्ज अधिकारीले राती नै आफ्नो अनुकुलको हेमनारायण चौधरी,योगेन्द्र दाहाल लगाएत कांग्रेस निकट नेताहरु बोलाएर थिए । आमन्त्रीतहरुले घटनाको समाधान गर्नुको साटो उल्टै छुट्टीको दिन कर्मचारी आफुखुसी बस्न पाउनु पर्छ भन्दै घटनालाई वहद बनाएका थिए ।
उता मदिराले लट्ठ भएका इन्चार्ज अधिकारीलाई प्रहरी चौकी बयरवनका असई नरेन्द्र थेवेले मापासे परीक्षणको लागी राती नै उर्लाबारीको मंगलबारे हस्पिटल लगेका थिए । उता स्वास्थ चौकीमा विवाद भएपछि प्रसुती विरामीलाई विराटनगर स्थीत कोशी अञ्चल अस्पताल लगेका थिए । चन्द्रकलाले सोमबार विहान अस्पतालमा छोरो जन्माइन ।
मंगलबार घटना बारेमा छानबिन गर्दै र छलफलको वातावरण गरिदिन आग्रह गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले वडा नम्बर–४,का कार्यालयमा आएर वडाध्यक्ष तथा स्वस्थ चौकी संचालक समिति अध्यक्ष धनबहादुर राईलाई आग्रह गरेपछि बुधबार छलफलबाट बिवाद टुङ्गाएको अध्यक्ष धनबहादुर राईले बताए ।
स्वास्थ चौकीका उपाध्यक्ष बुढाथोकीले यस भन्दा अघि पनि वडा नम्बर दुईका ऋषिदेव थरीका महिलाको त्यहि लगेर सफल प्रसुती गराएको थिए ।
स्वास्थ चौकीमा २४ घण्टा प्रसुती सेवाको लागी सन्जीला घिसिङ र सपना वि.क गाउँपालिकाले नियुक्त गरेको छ । सोहि समयमा प्रसुती बेथा लागेको बेला प्रसुती गराउनको लागी कर्मचारी मिलाइदिन कानेपोखरी स्वास्थ चौकी संयोजक बुद्धिमान बस्नेतलाई आग्रह गर्दा समेत बेवास्ता गरेको प्रवक्त बुढाथोकीले बताए । कानेपोखरी गाउँपालिकाका प्रशासकिय अधिकृतले पछिल्लो समयमा घटनालाई प्रोत्सान गरेको प्रवक्ता बुढाथोकीले आरोप लगाए । जिल्ला जनस्वास्थ कार्यालयले स्थानीय तहमा स्वास्थ चौकी हस्तान्तरण गरे पछि चौकीलाई जनप्रतिनिधिहरुले रेखदेख गर्दै आएका छन् ।
तीन बर्ष अघि साविक केरौन,बयरवन र दर्वेशा गाविस मिलेर राखेका सर्पदंश पनि बन्द गरिसकेका छन् । स्वास्थ चौकी इन्चार्ज निरञ्जन झा, सर्पदंश संचालक र कर्मचारीको विवादको दुरीको कारण बन्द भएको थियो । सर्पदंश कार्यालयको कर्मचारी बसेको कोठामा गाँजा खाने लगाएतको गतिविधि भएको थियो ।