इटहरी/ नेपालमै पहिलो पटक आर्थिक गणना बैशाखबाट सुनसरीमा सुरु हुने भएको छ । तथ्यांक कार्यलय सुनसरीले पहिलोपटक आगामी वैशाखमा ‘राष्ट्रिय आर्थिक गणना’ गर्ने भएको हो । स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत आगामी नीति तथा कार्यक्रम संचालन गर्न पनि सघाउ पुग्छ भन्ने उदेश्यले यो गणना सुरु गरीएको हो ।
मुलुक संघीय संरचनामा बदलिएसँगै सरकारको लक्ष्य आर्थिक अभिवृद्धितर्फ केन्द्रित हुने भएकाले स्थानीय निकायको वडा तहसम्मको आर्थिक गणना गर्न लागेको तथ्यांक कार्यलय सुनसरीले जनाएको छ ।आर्थिक गणना कार्य देशभित्रका आर्थिक एकाइहरूको आकार, प्रकार, संरचना पत्ता लगाउन सरकारले गणना सुरु गरेको तथ्यांक कार्यलय सुनसरीका प्रमुख टिकाप्रसाद नेपालले बताए ।
जसमा सडक फुटपाथमै भए पनि स्थायी रूपमा एकै थलोमा गरिने चिया पसल देखि ठूला उद्योग, नुन देखि सुन पसल सम्म जीविकोपार्जनका निम्ति स्थायी रूपमा चलाइएका जुनसुकै व्यावसाय सबैको गणना गरिनेछ प्रमुख नेपालले भने । अहिले हामीले सामाजिक परीचालकहरुलाई गाउँ गाउँमा हटाउँन तालिम दिईसकेको छौ एक गतेबाट गणना सुरु हुन्छ तथ्याक कार्यलय सुनसरीका प्रमुख नेपालले भने ।
नेपालमै पहिलो पटक हुन लागेको आर्थिक गणनाका निम्ति चालु आर्थिक वर्षमा देशभरका लागी ४० करोड रुपैयाँ विनियोजन गरि सकेको छ । पहिलो पटक हुन लागेको राष्ट्रिय आर्थिक गणना अबदेखि हरेक पाँच वर्षमा गरिनेछ । सुनसरी सँगै देशभरिमा ३३ तथ्यांक कार्यालय र ७७ वटै जिल्लामा राष्ट्रिय आर्थिक गणना कार्यालय स्थापना गरी गणना सुरु गर्ने तयारी भएको तथ्याक कार्यलय सुनसरीले जनाएको हो ।
तथ्यांक ऐन, २०१५ अनुसार गर्नका लागि आर्थिक गणना कार्यको राष्ट्रिय जनगणनाजस्तै सबै विवरण गोप्य रहनेछ । ‘यसको सूचना कर प्रयोजनका लागि प्रयोग गरिने छैन । त्यहाँ धेरै प्रकारका प्रश्नहरु भने ब्यापारीलाई सोधिने छ तथ्याक कार्यलय सुनसरीका प्रमुख नेपालले भने ।
गणना अन्तर्गत वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान, व्यवसायसँगै सम्पूर्ण आर्थिक क्षेत्रसँग जोडिएका क्षेत्रहरुमा केन्द्रित रहेर आर्थिक सर्वेक्षण हुने कार्यालयले जनाएको छ । गणकहरुलाई तालिम दिएर गाउँ–गाउँमा पुगीसकेको छन । इन्टरनेटको पहुँचमा रहेका व्यवसायिक संस्था तथा प्रतिष्ठानहरुले अनलाइनबाटै तथ्यांक भर्न सकिने सुविधा समेत भएको तथ्याक कार्यलय सुनसरीले जनाएको छ ।
आर्थिक निति बनाउँने उदेश्यको साथ यो गणना नेपालमा पहिलो पटक सुरु भए पनि छिमेकी मुलुक भारतमा भने छैटौ आर्थिक गणना भईरहेको छ । गणनाका क्रममा ब्यापारहरु कस्ता र कसरी चल्दै छन ? बैकले श्रण पत्याएको छ छैन ? सम्मको पश्न गरीएको छ ।