भद्रपुर । आउदै गरेको मातातिर्थ औंसीको अवसर पारेर १०४ वर्षकी मतासहित आठ जना बृद्धा मातालाई सम्मान गरिएको छ । झापाको भद्रपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र र वडा प्रहरी कार्यालयले संयूक्त रुपमा विहीबार दिउँसो आयोजना गरेको नव वर्षको शुभकामना आदनप्रदान तथा जेष्ठ आमाहरुलाई सम्मान कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा १०४ वर्षकी गंगा देवि उप्रेति, ७६ वर्षीया गोमा देवि पोखरेल,रामेश्वरी मण्डल,मालती किस्कू,नरमाया बस्नेत,हिरादेवि न्यौपाने,लालमती महतो र भद्रमाया कोइराला रहेका छन् । उनिहरुलाई रामनामी,सम्मान पत्र र नगद प्रदान गरिएको थियो ।
सेवा केन्द्रका अध्यक्ष शिला खड्काको सभापतित्व तथा भद्रपुर नगरप्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख चन्द्रमाया श्रेष्ठ,झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, सगरमाथा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष तोयानाथ गड्तौला,प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र कुमार बस्नेत,वडा नम्बर ७ का अध्यक्ष विनोद कुमार पोखरेल,नेपाली काँग्रेसका ३ नम्बर क्षेत्रिय सभापति गणेश पोखरेलले कार्यक्रमको प्रशंसा गरेका थिए ।
सेवा केन्द्रका उपाध्यक्ष बन्धु कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय भद्रपुरकी असई लक्ष्मी नेम्वाङ्गले गरेकी थिइन् ।