विराटनगर/ प्रदेश नम्बर १ को प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ स्वास्थ्य सचेतना अभियान सुरु गरेको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरेको हो ।

सामाजिक विकास मन्त्रालयले शनिबार विहान विराटनगरमा आयोजना गरेको स्वास्थ्य अभियानको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मानसिक रुपमा स्वास्थ्य रहन सरकारले ल्याएको ८ बुद्धे प्रतिबद्धता व्यवहारमा उतार्न सबैलाई आग्रह गरे । २०७५ स्वास्थ्य प्रवद्र्धन मेरा बर्ष घोषणले मुलुकको विकास र सम्वृद्धि सँग जोडिएको वताउँदै मुख्यमन्त्री राईले यो अभियानले मुलुकको ७ प्रदेश मध्ये १ नम्बर प्रदेश स्वास्थ्यको दृष्ट्रिकोणले पहिलो नम्वरमा हुने बताए । मानसिक रुपमा तन्द्धरुपता रहन आफु स्वास्थ्य हुन जरुरी रहेको उनले बताए ।

सरकारले ल्याएको स्वास्थ्य अभियानमा आठ वुंद्धे प्रतिवद्धतामा म तनावरहित जीवनशैली आत्मसाथ गर्छु, म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थबाट टाढै रहन्छु, म स्वास्थ्य र पोसिलो खाना खान्छु रहेको छ । त्यस्तै म ट्राफिक नियमको पालना गर्छु, म आफ्नो घर र समुदाय सफा राख्छु, म नियमित व्यायाम गर्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु सरकारले ल्याएको अभियानमा उल्लेख गरेको छ ।

उक्त प्रतिवद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्दै स्वस्थ्य जीवन भएमा मात्र मुलुकको आर्थिक सम्वृद्धि कायम हुने वताउदै व्यायामले गाउँ समाजलाई सरात्मक सोचको विकासमा प्रेरणा दिने बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय वनाउन प्रदेश सरकारको कार्यसूचिमा राखेको बताए ।

आठ वुंदे प्रतिवद्धतालाई योगशिवरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र संञ्चारकर्मीहरुले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अभियान अन्तर्गत शनिबार कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । उक्त अभियानमा मन्त्री, नगरीक समाज, युवाहरुको सहभागिले सरसफाइ गरेको थियो ।