भद्रपुर/ पेय पदार्थको बाेतलभित्र हालेर ल्याउदै गरेको २१ थान लागुऔषधसहित दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको गलगलियावाट भद्रपुर तर्फ आउदै गरेका भद्रपुर १० का १८ वर्षीय उदय राजवंशी र सोही स्थान र वर्षका विशाल लिम्बुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
भद्रपुर ५ मेची किनारमा प्रहरीले राखेको चेक पोष्टमा आउदै गरेका उनिहरुलाई शनिवार वेलुका शंका लागि बोतल नियन्त्रणमा लिएर हेर्दा मजा र कोकको झोलमा डुबाएर राखिएको अवस्थामा डाइजोपाम र फेनारगन गरि २१ थान फेला पारिएको वडाका इन्सपेक्टर प्रकाश जवेगूले बताए ।
बोतलको बाहिर छोपिएको लेवलसम्म झोल राखेर बोतल हल्लाउदै आउदै गरेका थिए । घट्नापछि मानिस लगायत बरामद सामान आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको इन्सपेक्टर जवेगूले जानकारी दिए ।
अपराध नियन्त्रणलाई मध्यनजर गरी केहि महिना यता वडा प्रहरी कार्यालय भद्रपुरले मेची किनारमा चेक पोष्ट स्थापना गरेदेखि यस्ता गतिविधिमा संलग्नलाई प्रहरीले नियन्त्रण गर्न सहज भएको पाइएको छ ।