इलाम/ “इलाम हाम्रो गौरव” २०० वर्षमा हामी इलामेली भन्ने मूल नाराका साथ भइरहेको तीन दिने इलाम महोत्सबको वैशाख एक गते उपराष्ट्रपति नन्न बहादुर पुनको प्रमुख आतिथ्यतामा धरान र इलाम नगरपालिकाको भगिनी सम्बन्ध विस्तार भएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको हस्ताक्षर भएकोमा आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक भएको हो । सार्वजनिकिकरणमा दुई नगरपालिकाबीच भएको हस्ताक्षरपत्रका प्रमुख बुदाँहरुका बारेमा नगरकार्यपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले वाचन गरेका थिए ।
जसमा इला नगरपालिका र धरान उपमहानगरपालिकाको कृषि,पर्यटन।सामाजिक,साँस्कृतिक विकास गरि आर्थिक सम्वृद्धि हासिँल हुने छ । यसले दुबै नगरपालिकाका जनताको जीवनस्तर उकास्ने र मित्रता अझ गाडा बनाउनेमा जोड दिएको छ । यस्तै निजी साझेदारी अवधारणा ल्याउन र स्थानीय तह,गैरसरकारी निकायहूसँग सम्झौता गरि कार्य गर्नमा जोड दिने लगायतका उद्धेश्यका साथ भगिनी सम्बन्ध विस्तार भएको उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि एक नम्बर प्रदेशका साम्सद राम बहादुर रानाले दुबै नगरपालिकाका प्रमुखहरुनुभवहरुलाई संयुक्त रुपमा भगिनी सहर प्रमाणपत्र वितरण गरेका थिए । उनले एकअर्कामा अनुभव साटासाट गर्नुपर्ने र यस सम्बन्ध सिमित अवधिको लागि मात्र नभई वर्षौवर्षका लागि रहेको समेत बताए ।
उनले दुई परिचित सहरहरुको सम्बन्ध र अनुभव अन्य निकायलाई समेत साटासाट गर्नुपर्ने बताए । इलाम र धरानको सास्ँकृतिक,खेलकुद,सञ्चार माध्यम,पत्रकार र पत्रकारितामा समेत सहकार्य भएकाले यसले भगिनी सम्बन्धको आधार समेत तय भएको बताए ।
यस्तै कार्यक्रमका विशेष अतिथि धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भगिनी सम्बन्धले एकअर्कामा सहकार्य गर्न,समग्र विकासको साझेदारी अगाडि बढाउन औपचारिक रुपमा दश वर्षसम्म सम्बन्ध भएतापनि वर्षौवर्ष कायम हुने बताए । उनले सम्बन्ध विस्तार भएपश्चात दिगो र मजबुत बनाउनेमा समेत प्रतिवद्धता व्यक्त गरे । यस सम्बन्धमा इलाम र धरानका सञ्चारकर्मीकोबीच भएको छलफल सकारात्मक रहेकाले मिडियाले पुर्याएको योगदानको कदर गर्दै पत्रकार र पत्रकारिताको विकासमा दुबै नगरपालिकाले छलफल अगाडि बढाउने बताए ।
धरान र इलामबीच भएको महिला मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता, सास्ँकृतिक कार्यक्रमले समेत इलाम र धरानको सम्बन्धलाई मजबुत बनाएको छ ।
इलामको गौरबमय कार्यक्रममा यस्तो सम्बन्ध स्थापना गर्ने अवसर पाउँदा खुशी व्यत्तः गर्दै धरान उपमहानगरपालिकाबाट आउने सम्पूर्ण जनप्रतिनिधि,सास्ँकृतिक टोली,पत्रकार, खेलकुद टोलीलाई मायाको चिनो समेत इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष महेश बस्नेतले प्रदान गरेका थिए ।
भौगोलिक अवस्थिति फरक रहेतापनि एक अर्काबीच मन मिलेकाले भगिनी सम्बन्ध स्थापना भएको बताए । उनले दुई नगरपालिकाबीचका असमानताहरुलाई मित्रतामा बाधक बन्न नदिने समेत बताए । इलाम र धरान नगरपालिका एकअर्कामा मात्र सम्बन्धित नभइ विविन्न संघ संस्था बीच समेत भगिनी सम्बन्ध स्थापना भएको बताए ।
उनले समग्र इलाम र धरानको विकास,सम्वृद्धि ल्याउन पत्रकारहरुबीच सहकार्य भएकोमा समेत खुशी व्यक्त गरेका छन् । इलामले धरानको विकास र धरानले इलामको विकास र सम्वृद्धि ल्याउन कुनै कन्जुस्याई नभएको बताए ।